बोको हरामद्वारा गरे १८ सर्वसाधारणको हत्या

BOKO-haram-3-640x470

कानो, नाइजेरिया, १९ चैत । नाइजेरियाका बोको हराम विद्रोही र सैनिकबीच  अाइतबारराति भएको भिडन्तमा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

अाइतबारराति गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकूहरुले आक्रमण गरेका थिए । त्यसपछि सेनाले पनि आफ्नो तर्फबाट आक्रामक कारबाही थालेको थियो ।

त्यसमा परी मारिएका १८ जनामा अधिकांश बोको हराम नै रहेका छन् । त्यसमा परी केही सैनिक घाइते भएका बताइएको छ । सेनातर्फ भने कसैको ज्यान नगएको अधिकारीहरुले जनाएका छन् । सैनिक अधिकारीकाअनुसार बोको हराम र सेनाको भिडन्तको बीचमा परेर भाग्ने प्रयत्न गरेका उक्त गाउँका सर्वसाधारण पनि सो दोहोरो आक्रमणमा परी मारिएका छन् ।

यहाँको बोर्नाे राज्यको बालेसुवा र बाले कुर्ना भन्ने दुई गाउँबाट १८ वटा शव बरामद गरिएको सेनाले जनाएको छ । सेनाको विज्ञप्तिका अनुसार उक्त राज्यमा मारिएकामा सोही गाउँका बोको हरामका लडाकू रहेका छन् ।

बोर्नाे राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ । सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् । यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ ।

नाइजेरियामा बोको हरामले ठूलो हिंसा मच्चाइरहेका छन् । उनीहरुलाई यहाँको राज्यले नै आतंककारी समूहमा राखेको छ । उनीहरुको हिंसाका कारण त्यहाँका लाखौँलाख मानिस विस्थापित भएका छन् । हिंसा अझै रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद