इस्लामावाद, १९ चैत । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएकी छन् ।
चार दिनको पाकिस्तान भ्रमणपछि उनी सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएको समाचारमा जनाइएको छ । समाचारअनुसार उनका परिवार पनि उनिसँगै बेलायत फर्किएका छन् ।
पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उनि पहिलो पटक स्वदेश फर्किएकी हुन् ।
स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उनको बेलायतमा उपचार भएको थियो । उपचारपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गरेकी हुन् ।
हाल पाकिस्तानमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गरेकी थिईन् ।
बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा काम गर्ने इच्छा रहेको बताउछिन् ।
उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।
उनले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भनेकी थिईन्– म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ ।
उनले आँशु झार्दै भनिन्– ‘अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।’
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि