अाँशु झार्दै मलाला -‘म मेरो देशमा शान्तिपूर्ण रुपमा फर्किन पाउँ’

इस्लामावाद, १९ चैत । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएकी  छन् ।large_J0mssTMoLuHr7QJsY5cd6FWItEVckbX2U-milo5NJQQ

चार दिनको पाकिस्तान भ्रमणपछि उनी सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएको समाचारमा जनाइएको छ । समाचारअनुसार उनका परिवार पनि उनिसँगै बेलायत फर्किएका  छन् ।

पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उनि पहिलो पटक स्वदेश फर्किएकी हुन् ।
स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उनको बेलायतमा उपचार भएको थियो । उपचारपछि उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गरेकी हुन् ।

हाल पाकिस्तानमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गरेकी थिईन् ।

बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा काम गर्ने इच्छा रहेको बताउछिन् ।

उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।

उनले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भनेकी थिईन्– म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ ।

उनले आँशु झार्दै भनिन्– ‘अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद