अमेरिका र रुसमध्ये कस्को सेना बढि शक्तिशाली ?

रुस र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा पछिल्लो समय धेरै सुधार आइसकेको बताइएपनि अहिले बेलायतको समर्थन गर्दै अमेरिकाले रुस विरुद्धको कारबाही अघि अगाडि बढाएको छ । पूर्व गुप्तचरमाथि रासायनिक हमला गरेको आरोपमा ट्रम्पले ६० जना रुसी अधिकारीलाई देशनिकाला गरिसकेका छन् । ट्रम्पले पुटिनसँग नजिकी सम्बन्ध रहेको दाबी गरिरहेपनि अमेरिका र रुसको सम्बन्धमा लगातार यस प्रकारका अवरोध आइरहने गरेका छन् । अर्कोतर्फ रासायनिक हतियारको मुद्दामा पनि दुवैले शक्ति प्रदर्शन गर्दै एकअर्कालाई कडा प्रतिउत्तर दिने गरेका छन् । तर वास्तवमै सैन्य क्षेत्रको मुद्दामा चाहिँ कुन देश अगाडि छ त ?

1632064184_100586256_gettyimages-925781208

द स्टकहोम इन्टरनेस्नल पिस रिसर्चको सर्वेक्षण अनुसार विश्वमा हेरक वर्ष सैन्य खर्चको क्रम १.२ प्रतिशतले वृद्धि भइरहेको छ । विश्वभरबाट अमेरिका एक्लैले मात्र सेना र हतियारमा ४३ प्रतिशत खर्च गर्ने गरेको छ । अमेरिकापछिको स्थानमा भने राष्ट्रिय सुरक्षा परिषद्का चार स्थायी सदस्य रहेका छन् । दोस्रो स्थानमा रहेको चीनले जम्मा ७ प्रतिशत र यसपछि बेलायत, फ्रान्स र रुस चार प्रतिसतका वरिपरि रहेका छन् । यसरी सेना वृद्धि र हतियार निर्माण कार्यमा अमेरिकासँग अन्य कुनै देशले तुलना गर्न सक्दैन । तर यी राष्ट्रहरुबीच यति धेरै भिन्नता हुनु पछाडिको कारण भने अन्तराष्ट्रिय मिसनमा अमेरिकी सेनाको अधिक सहभागीतालाई मानिएको छ । किनकी विश्वका धेरै मुलुकमा अमेरिकी सैन्य क्षेत्र स्थापित छन् । तर बाँकी देशहरुले भने आफ्ना सेनालाई क्षेत्रीय अभियानसम्म मात्र सिमित राख्ने गरेका छन् । 

तरपनि सैन्य खर्चको सर्वेक्षणमा चौथो स्थानमा रहेको रुससँग अमेरिकाले धेरै खतरा महसुुस गर्ने गरेको बताउँछ । गत वर्ष अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिकालाई मुख्य रुपमा रुससँग खतरा रहेकाले तयार रहनुपर्ने भन्दै सावधान गराएका थिए । वास्तवमा रुसले आफ्नो सैन्य खर्चबारे पूरा जानकारी सार्वजानिक नगर्ने विशेषज्ञहरुको भनाइ छ । इटलीको एक पत्रिकासँग दिएको अन्र्तवार्तामा पुटिनले विश्वलाई आफ्ना सेना र शक्तिबारे थाहा नभएको संकेत गरेका थिए । यसअघि रुसले सिरिया लगायत अन्य राष्ट्रहरुमा गोप्य सेना पठाउने गरेको खुलासा पनि भएको थियो । 

रुसले २००९ देखिसेना आधुनिकीकरणको कार्य सुरु गरेको थियो । तर रुससँग सार्वजानिक तथ्याङ्क भन्दा धेरै सेना भएपनि अझै त्यसको तुलना अमेरिकासँग गर्न मिल्दैन । यसका साथै सैन्य ताकतको अर्को आधार, आर्थिक सम्पन्नताको विषयमा समेत रुस अमेरिका भन्दा धेरै पछाडि रहेको छ । 

तरपनि रुससँग विश्वका सबैभन्दा विशाल र अत्यन्तै शक्तिशाली परमाणु हतियारहरु रहेको बताइन्छ जसले अमेरिकालाई समेत नष्ट गर्न सक्ने क्षमता बोकेको छ । तरपनि पुटिनले अमेरिकामाथि पहिलो  हमला गर्ने जोखिम भने कहिल्यै नउठाउने विज्ञहरुको भनाइ छ । किनकी अन्त्यमा सो कदम आत्मघाती साबित हुनेछ भन्नेमा पुटिन समेत जानकार छन् । अर्कोतर्फ यी दुवै देशबीचको दुरी र सीमा क्षेत्र पनि धेरै अलग रहेकाले सिधा हमला गर्न निकै कठिन छ । त्यसैले दुवैलाई एकअर्कासँग प्रत्यक्ष खतरा नरहेको बताइन्छ ।

त्यसैगरी लडाकू विमानको मुद्दामा पनि अमेरिका भन्दा रुस धेरै पछि रहेको छ । तर अमेरिकी हवाइ कारबाहीको अभियानमा सर्बिया, इराक, अफगानिस्तान र लिबियामा रणनीतिक हसिाबले रुसकै अग्रता रहने विश्वविद्हरुको भनाइ छ । 

यसै महिनामा मात्र राष्ट्रपति पुटिनले रुसले विश्वको जुनसुकै स्थानमा पनि प्रहार गर्न सक्ने परमाणु मिसाइल तयार गरिसकेको दाबी गरेका थिए । सो मिसाइललाई रोक्न असम्भव रहेको बताउँदै उनले राष्ट्रिय टिभीमा अमेरिकाको फ्लोरिडामा आक्रमण गरेको एनिमेटेड भिडियो समेत देखाएका थिए । यसका साथै उनले विशेष किसिमको ड्रोनलाई पनडुब्बीको माध्यमले प्रहार गरि परमाणु हमला गर्न मिल्ने पनि उल्लेख गरेका थिए । युरोप र एसियामा स्थित अमेरिकी प्रतिरक्षात्मक प्रणालीले समेत सो मिसाइललाई रोक्न नसक्ने पुटिनको दाबी छ । तरपनि पुटिनको आक्रामक राष्ट्रवाद अहिले नै युद्धसम्म नपुग्ने बताइन्छ । उता राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि अझ धेरै परमाणु हतियार निर्माण गर्ने फैसला सार्वजानिक गराएका थिए जसको रुस र चीनले कडा आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि