March 28, 2018

प्रधानमन्त्री ओलीका नेपाल समृद्धिको ६ सूत्र, बालुवाटारमा ब्रिफिङ

 

 

चैत १४
प्रधानमन्त्री ओलीका नेपाल समृद्धिको  ६ सूत्र, बालुवाटारमा ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धिका छ वटा सूत्रबारे नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरुलाई व्रिफिङ गरेका छन् । 
नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, दीगो शान्ति तथा विकास र समृद्धिका विषयमा केन्द्रीत रहेर उनले व्रिफिङ गरेका थिए । 
प्रधानमन्त्रीमा दोस्रो पटक फागुन ३ गते नियुक्ती पाएपछि ओलीले सरकारी निवास बालुवाटारमा कूटनीतिक नियोगका प्रमुखहरुलाई मंगलबार पहिलो पटक सो बारेमा सामूहिक व्रिफिङ गरेका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शुरुवात गरेको सो व्रिफिङको अन्त्य प्रधानमन्त्री ओलीले गरेका थिए । 
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सरकारका मन्त्रीहरु रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्रि प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता थियो । 

वर्तमान सरकारको उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली रहेका चर्चा गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउन नेपाल सरकार एक्लो सक्षम नभएकाले सबैको सहयोगको खाँचो औल्याएका थिए । सरकार, निजी निकाय, नागरिक समाज, विकासका साझेदार संस्था, दातृ निकाय सबैसँग आपसी हातेमालो गर्न चाहेको उनले बताए ।
“नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ” प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी सबैसँग मित्रता गर्ने तर कसैसँग शुत्रता नगर्ने नीतिप्रति कटिवद्ध रहनेछौं ।” 
प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, विकास तथा मानवअधिकारजस्ता संयुक्त राष्ट्र संघीय सुधारको पहलका तीनवटै आधारस्तम्भलाई समान मान्यता प्रदान गरिने बताए । 
“हामी यो विश्व निकायलाई अझ बढी सक्षम, प्रभावकारी र जवाफदेही बनाउने समयसापेक्ष मागको पक्षमा छौं,” प्रधानमन्त्री ओलीले चर्चा  गरे । 
प्रधानमन्त्री ओलीले आमन्त्रित कूटनीतिक नियोगका प्रमुखहरुलाई तीनवटा मुख्य शीर्षकमा व्रिफिङ गरेका थिए । 
पहिलो, नेपालको राजनीतिक विकास, दोस्रो सरकारको प्राथमिकताको विषय र तेस्रो नेपाल सरकारको प्राथमिकताको परराष्ट्र नीतिबारेमा बोलेका थिए । वर्तमान सरकारको मुख्य उद्देश्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताउँदै त्यसलाई हासिल गर्न मुख्य छवटा आधारभूत प्राथमिकता उनले बताएका थिए । 
राष्ट्रियता
राष्ट्रियताले नेपालको सार्वभौमसत्ता, आन्तरिक एकता, राष्ट्रिय अखण्डता, आन्तरिक स्वार्थपूर्ति गर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भने, “हामी नेपाली कसैको उपनिवेश बनेको इतिहास छैन, त्यसैले हामी गर्व गर्छौ हाम्रो इतिहास र स्वतन्त्रता प्रति ।” 
उनले थपे, “सरकार नेपाल र नेपालीको हितको काम गर्न जहिले प्रतिवद्धता छ, नेपालको आन्तरिक एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कसैसँग हामी सम्झौता गर्दैनौं ।” 

लोकतन्त्रको संरक्षण
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सरकार लोकतन्त्रको आधारभूत मूल्य मान्यता र त्यसको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । 
प्रधानमन्त्रीले थपे, “हाम्रो संविधानले लोकतन्त्रको अन्तर्राष्ट्रिय सबै मूल्य मान्यतालाई ग्रहण गरेको छ, हामीबाट लोकतन्त्र अव कसैले पनि खोस्न सक्दैन ।” 
लोकतन्त्रको जग भत्काउने साहस अव कसैले गर्न नसक्ने भन्दै उनले लोकतन्त्रको सिद्धान्तलाई नेपाल र नेपालीले अङ्गिकार गरेको चर्चा गरे । 

सामाजिक न्याय र समानता

नेपालको दिगो विकास र समृद्धि सामाजिक न्याय र समानतामा अडेको बताउँदै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई समान पहुँच, समान अवसर र प्रतिनिधित्व प्रदान गरिएको बताए । 
“हाम्रो समाज विविधताले भरिएको छ, विविधतामा एकता नै हाम्रो पहिचान र विशेषता हो” प्रधानमन्त्री आलीले भने, “हाम्रो संविधानले सबै किसिमको भेदभावको अन्त्य गरेको छ, समावेशीता, मानवअधिकारको आधारभूत आवश्यकताको पूर्ति गरेको छ ।”

स्थिरता र विकास 
प्रधानमन्त्री ओलीले विकासकालागि राजनीतिक, आर्थिक र सांस्कृतिक स्थिरताको अपरिहार्यता औल्याए । 
“हामी आफ्नै अनुभवबाट पाठ सिकेका छौं, हामी कुन्य मूल्यमा शान्ति र स्थिरतामा आँचपुग्ने कसैको गतिविधि सह्य गर्न सक्दैनौं” प्रधानमन्त्री ओलीले भने, “हाम्रो मुलुकमा हिंसाजन्य गतिविधिको कुनै स्थान छैन ।”
नेपालको शान्ति, स्थायित्व नचाहने तत्वहरु पनि रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले नेपालको अखण्डता, राष्ट्रियताप्रति निर्णय गर्न सक्षम भएको बताए ।
नेपाली जनता कसैबाट शोषित भएको हामी हेर्न चाहँदैनौं प्रधानमन्त्री ओलीले सो अवसरमा थपे, “हामी नेपाल र नेपालीको भलाईका लागि एक भएर संघर्ष गर्न तयार छौं, नेपालको संविधानमा परिवर्तन गर्न र बोल्न नेपाल र नेपालीलाई मात्र छुट  छ ।”
सुशासन
सुशासन हाम्रो अर्को महत्वपूर्ण एजेण्डा हो, सुशासन कायम गर्न हामी प्रतिवद्ध छौं प्रधानमन्त्री ओलीले भने, “त्यसकैलागि हाम्रा नियमित नीति, कार्ययोजना र कार्यक्रम निर्देशित हुन्छन् ।” 

जनताको चाहनाको सम्बोधनः
लामो राजनीतिक उतारचढावबाट राजनीतिक संक्रमणकालको अन्त्य भएको बताउँदै प्रधानमन्त्री ओलीले अव सरकार जनताको चाहना र आकांक्षा पूर्तिगर्नमै केन्द्रीत हुने बताए । 
समावेशीता, समानताको सिद्धान्तअनूरुप दिगो विकास कायम गर्ने उनले दावी गरे । तिव्र आर्थिक विकास गरेर नै राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तन कायम गर्ने प्रधानमन्त्री ओलीले सो अवसरमा चर्चा गरे ।  

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत