March 21, 2018

केन्द्रले गर्ने एसईई यो वर्ष अन्तिम, अर्को वर्षदेखि प्रदेशको जिम्मा

 

 चैत ७ 

केन्द्रले गर्ने एसईई यो वर्ष अन्तिम, अर्को वर्षदेखि प्रदेशको जिम्मा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट सञ्चालन हुने यो वर्षको अन्तिम परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी सुरु गरिसकेको जनाएको छ । आगामी वर्षदेखि एसईई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन हुनेछ । 

नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशीका परीक्षा (एसएलसी) को अन्त्य भई ०७३ देखि नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुवात भएको थियो । हालसम्म केन्द्रबाट हुँदै आएको एसईई यो अन्तिम वर्ष हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अर्को वर्षदेखि एसईईको सञ्चालनदेखि सम्पूर्ण जिम्मेवारी प्रदेशस्तमा गरिने जानकारी दिए ।
वि.सं. १०९० सालदेखि नेपालमा एसएलसी सुरु भएको थियो । एसएलसी सुरु भएको ८३ औं वर्ष २०७३ देखि भने माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । गत वर्षदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईईको तयारी पूरा भएको जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरकफरक हुनेछ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्ष १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा कायम गरिएको छ ।

काठमाडौंमा गत वर्ष ९६ केन्द्र कायम गरिएकामा यो वर्ष ९८ वटा कायम गरिएको छ भने मनाङमा एउटा मात्र परीक्षा केन्द्र छ । हरेक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै तीन सय परीक्षार्थी बराबर एक सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको नियन्त्रक रेग्मीले जानकारी दिए । 

पनिकाले परीक्षामा चिट चोर्ने चोराउने लगायतका अमर्यादित कार्य भएमा एक लाख रुपियाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट