March 17, 2018

मोदी र सी दुवै जना यही वर्ष नेपाल आउनुहुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

ज्ञवालीले भने, ‘प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारतबाट पनि हुन सक्छ’

काठमाडौँ चैत ३


एमाले सचिव प्रदीप ज्ञवाली

एमाले सचिव प्रदीप ज्ञवाली

नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाउने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङ यही वर्ष नेपाल भ्रमणमा आउने दावी गरेका छन्।

शनिबार रिपोर्टर्सै क्लवको सााक्षत्कारमा मन्त्री ज्ञवालीले मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भन्दै नोपलबाट पनि ती देशमा समकक्षी भ्रमण हुने जानकारी दिए। ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ, र चिनियाँ राष्ट्रपति सि जिन पिङ पनि आउनुहुन्छ, त्यसैगरि नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्’, उनले भने।

नेपालका लागि स्न २०१८ महत्वपूर्ण वर्ष हुनेभन्दै उनले अहिले आफूहरु द्विपक्षीय भ्रमणको तयारीमा रहेको जानकारी दिए। उनले भने, ‘हामी अहिले द्विपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेका छौं, गृहकार्यहरु भइरहेका छन्, दुवै मित्रराष्ट्रबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चाँडै विदेश भ्रमण गर्ने भन्दै उनले आफूहरु भ्रमणको गृहकार्यमा जुटिसकेको जानकारी दिए।

‘प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो ?’ भन्ने पत्रकारको प्रश्नमा मनत्री ज्ञवालीले एकीन भएको भन्दै भारतबाटै पनि हुनसक्ने बताए। ‘यसबारेमा हामीले छलफल सुरु गरेका छौं, चीन र भारत जहाँ पनि हुनसक्छ’, उनले भने, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित भएको छैन्।’ 

भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको भन्दै मन्त्री ज्ञवालीले नेपाल पनि भारतसँग नयाँ खालको सम्बन्धको पक्षमा रहेको बताए।

त्यस्तै उनले चीनबाट पनि उच्चस्तरीय भ्रमण हुनेमा आफू पूर्ण आशावादी रहेको र सोही अनुसार अब गृहकार्य अघि बढाउने स्पष्ट पारे। उनले भने, ‘चीनको राष्ट्रपतिसँग मैले भेटेर यसअघि पनि कुरा गरेको छु, उहाँ नेपाल आउन सकारात्मक हुनुहुन्छ, चीन सकारात्मक छ।’

एमाले सचिव प्रदीप ज्ञवाली

एमाले सचिव प्रदीप ज्ञवाली

त्यस्तै उनले नयाँ सरकारले छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कुटनीतिलाई बढावा दिने विश्वास दिलाए। राजदुतहरुसँगको भेटलाई व्यवस्थित् गर्ने र परराष्ट्रमन्त्रालयलाई जीवन्त संस्थाको रुपमा स्थापित् गर्न आफूले सशक्त भूमिका खेल्ने उनको भनाई थियो।मन्त्री ज्ञवालीले छिमेकीहरुसँग असल, सन्तुलित र पारस्परिक लाभ हाँसिल गर्ने रुपमा सम्बन्ध प्रगाढ बनाईने बताए। उनले थपे ,‘भारत र चीन दुवैसँग हामी प्रगाढ सम्बन्ध कायम गर्छौं, नेपाल कुनैपनि छिमेकीको अहितमा छैन, कसैको विरुद्धमा नेपाली भूमि प्रयोग हुन दिँदैनौं।’

राष्ट्रिय राजनीतिका सभन्दर्भमा कुरा गर्दै मन्त्री ज्ञवालीले सरकारले छिट्टै पूर्णता पाउने र फोरम र राजपा पनि सरकारमा सहभागी हुने बताए। राजपा र फोरम दुवै सरकारमा सहभागी हुने कुरामा आफू विश्वस्त रहेको भन्दै उनले सरकार सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बताए।

सरकारको पहिलो प्राथमिता नै विकास र समृद्धि भएको हुँदा त्यसै अनुरुप अगाडि बढ्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले