
काठमाडौं – मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो ।
मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो । बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइसकेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए ।
करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाएको उनले बताए । ‘ठूला आयोजनामा लगानी गर्न चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकास बैंक स्थापना हुन्छ’, उनले भने। पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिन अझै ६ महिना लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।
ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक अवधारणा अघि बढेको हो ।
गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो ।
चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर