March 1, 2018

च्याउखेतिमा ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेनन

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् । किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभागअन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए ।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने शर्माको भनाइ छ । उनले भने, ‘जाली राख्न महँगो नभए पनि धेरै किसानलाई यसको ज्ञान छैन ।’ जाली सबैतिर र सहज रूपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे थाहा छैन ।

काठमाडौं उपत्यकामा एकातिर धानखेती कम हुँदै गएको छ भने एर्कातिर च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ । किसानले परम्परागत रूपमा फलामको भाँडामा पराल पकाउँदा पर्याप्त उत्पादन लिनसकेका छैनन् । विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ । शर्माले भने, ‘हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन । यसबाट किसानले मनग्य आम्दानी लिनसक्छन् ।’

च्याउको माग बढेसँगै व्यावसायिक रूपमा च्याउखेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । केही वर्ष पहिलेसम्म गोलभेंडालगायत तरकारीखेती गरिरहेका किसानसमेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके च्याउखेती हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित

मुख्यसचिव र मुख्य रजिस्ट्रारको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष कायम गर्ने सहमति

२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि

प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको