February 27, 2018

गृहमन्त्री थापालाई कर्मचारीको स्वागत : कर्मचारीले िचनेन (भिडियो)

   फागुन १५,काठमाडौं।  व्यक्तिगत, राजनीतिक र राज्यको जिम्मेवारीमा ‘अस्वभाविक र अप्रत्यासित कदम’ उठाउँदै आएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा दोस्रो पटक सिंहदरबार प्रवेश गरेका छन।उनको पहिलो र दोस्रो सिंहदरबार प्रवेशमा एउटा समानता देखिन्छ—सुरक्षा। हो २०६५ भदौमा रक्षा मन्त्री भएका थापा यस पटक पनि सुरक्षासम्बन्धी गृह हेर्ने जिम्मेवारी लिएर सिंहदरबार प्रवेश गरेका छन्।नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनुभन्दा केही दिन अघि थापा गृहमन्त्री भएका छन्। पार्टी र राजनीतिक समीकरण दृष्टिले उनको गृहआगमन जति स्वभाविक भएकाे छ गृह र सुरक्षा अधिकारीका लागि त्यो त्यति नै आश्चर्यजनक पार्ने खालकाे पनि छ।माओवादी अध्यक्ष पुष्पकलम दाहालले बालुवाटार पुगेर मन्त्रीको सूची बिहानै बुझाएका थिए। तर अपरान्ह चार बजे अघिसम्म पनि रामबहादुर थापा गृहमन्त्री नै हुनेछन् भन्ने निश्चित थिएन। गृहका अधिकारीहरु समेत त्यही अनिश्चयमा थिए। वर्षामान पुनले गृहमा देखाइरहेको आकांक्षाले त्यो अनिश्चय अझ बढाएको थियो। सायद त्यही भएर गृह कर्मचारीले नयाँ गृहमन्त्रीका लागि नेमप्लेट समेत लेख्न भ्याएनन्। पदभार ग्रहण गर्न आएका थापाको कार्यकक्ष बाहिर कालो मसीले अस्थायी नेमप्लेट बनाइएको थियो।सशस्त्र द्वन्द्वको लामो पृष्ठभुमि र साढे चारदशक लामो राजनीतिक यात्रा तय गरेका गुल्मीका रैथाने थापालाई धेरैले अन्र्तमुखी स्वभावको नेताको रुपमा चिन्छन्। उनी भद्र र शान्त स्वभावका छन्। उनको स्वभावभन्दा गृह मन्त्रालयको प्रकृतिक र विशेषता ठिक उल्टो छ। चलखेल, उतारचढाव र अनिश्चय यो अड्डाको विशेषतै हो। उनले पहिलो दिन नै कर्मचारीको व्यवहारबाट त्यो अनुभव गरेको हुनुपर्छ।

नयाँ गृहमन्त्रीको स्वागतका लागि गृहमन्त्रालय परिसरमा तयारी भइसकेको थियो। उनको स्वागतमा लामवद्ध भएका मन्त्रालय अधिकारी, तीन वटै सुरक्षा निकाय र पाँचवटै विभागका वरिष्ठ अधिकारी एकअर्कासँग थापा कस्ता खालका नेता हुन् भनेर चर्चा गरिरहेका थिए। कोही कानेखुसी गर्थे भने कोही खुलेआम छलफलमा देखिन्थे।

स्वागतका लागि लामवद्ध रहेका सुरक्षा अधिकारी सबै थापासँग अपरिचित थिए। सबैले उनलाई स्वागत गर्दै आफ्नो नाम र दर्जा बताए। उनले मुस्कुराउदै टाउको हल्लाए केही प्रतिक्रिया जनाएनन्। यसअघि मन्त्रीको स्वागतका लागि लाइन बसेकाहरुमध्ये कतिपय निकट भइसकेका र चिनजानकै पनि हुने गर्थे। सोमबार गृह मन्त्रालयमा थापा प्रवेश गर्नुअघि त्यस्तो कर्मचारी एक जना पनि देखिएन।पद भार ग्रहणपछि गृहमन्त्री थापाले कर्मचारीलाई छोटो निर्देशन दिए। उनले भने पूर्ववर्ती सरकारले गरेका असल कामले निरन्तरता पाउने र खराब कामलाई अस्वीकार गरिने जनाए।

‘देशले विकास र सम्वृद्धि चाहेको छ। यसका लागि शान्ति र सुशासन आवश्यक छ। हामी मिलेर यो ऐतिहासिक अवसरको सदुपयोग गरौं’, उनले भने। नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले यसो भनिरहदा उनको स्वागतमा उपस्थित गृहका अधिकारी तथा सुरक्षाकर्मीको अनुहार केही पर्खिरहे झै देखिन्थ्यो। उनले भन्न चाहेको बिषय र प्रसंग ठाडो निर्देशन र लोकप्रिय भाषण सुनिरहेका गृहका अधिकारीका लागि केही फरक थियो।

करिब १२ मिनेट लामो सम्बोधनका क्रममा उनले आफू पढेको रसिया, युक्रेन र विकासको उदाहरण बनेको सिंगापुरको जोडेका थिए। उनले देशलाई विकास आवश्यक रहेको त्यसका लागि शान्ति–सुरक्षा पहिलो मापदण्ड भएको उनले पटक पटक दोहाेर्याए।

गृहमन्त्रीका रुपमा उनले सुरक्षा संगठनलाई विश्वको नमूना र उदाहरणिय बनाउने प्रतिवद्धता जनाए। सुरक्षा संगठनको विकास र आधुनिकीकरणका लागि आफ्नो सकारात्मक भुमिका रहने उनको भनाइ थियो। ‘विश्वले हाम्रो सुरक्षा संगठनबाट केही सिकोस, त्यस्तो व्यवसायीकता र आधुनिक बनाउन यहाँहरुको सहयोग र साथ आवश्यक छ’, उनले भने।

पहिलो निर्णय : अध्यागमन सुर्धान नीति बनाउने तयारी 
नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले मानव तस्करसँगको सेटिङका कारण बद्नाम बनेको अध्यागमन सुधारका लागि आवश्यक सुझावसहितको नीति बनाउन कार्यदेश पत्रमा हस्ताक्षर गरेका छन्। उनले अध्यागमन नीति निर्माणका लागि पाँच सदस्यीय कार्यदल बनाउने निर्णय समेत गरे। कार्यादेशमा अध्यागमन व्यवस्थापन सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन अध्यागमन नीतिको मस्यौदासहित सुझाव दिन लागि कार्यदल गठनको ओदश समावेश छ।

गृहको नीति योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनेको हो। गृह प्रवक्ता सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले अध्यागमन विभागको काम कारवाहीलाई अझै प्रभावकारी र चुस्तदुरुस्त बनाउन आवश्यक सुझावसहितको नीति निर्माणका लागि कार्यदल बनेको बताए। उनले नेपालको अध्यागमन ब्यवस्था सुधारका लागि समेत कार्यदलले सुझाव सहितको नीति मस्यौदा बनाउने बताए।

 दुवाडीका अनुसार‘अध्यागमनको सुधारका लागि अन्तर्राष्ट्रि व्यवस्था अनुसारको नीति मस्यौदा बनाउने कार्यदेशमा हस्ताक्षर गर्नु भएको हो, सहसचिवको नेतृत्वमा आजकै मितीबाट काम सुरु भएको छ,’।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना