February 27, 2018

फोरम पनि सरकारमा सहभागी हुने पक्का

 Upendra-yadav-yadav

फागुन १५, संविधान संशोधनको मुद्दामा plokijuhygtfrdeswaqप्रधानमन्त्री केपी ओली सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ ।फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए ।तर फोरम अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलपछि मात्रै सरकारमा जाने भन्दै बालुवाटारबाट निस्केका थिए ।

मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक भए पनि ओली अनुदार बन्दै आएका थिए । प्रधानमन्त्री भएसँगै ओली सकारात्मक भएका हुन् । दुई तिहाइ समर्थनको सरकार बनाउन ओलीले फोरमले उठाउँदै आएको संशोधनको मुद्दालाई आपसी सहमतिका आधारमा अघि बढाइने प्रतिबद्धता बैठकमै व्यक्त गरेपछि फोरम सरकारमा जान इच्छुक देखिएको हो ।फोरम नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबारकै मन्त्रिपरिषद् विस्तारमा फोरमबाट पनि नाम पठाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट