February 25, 2018

ओली सरकारलाई २ नम्बर प्रदेश सरकारको धम्की, सुरक्षा निकाय र कर्मचारी आफुले नियुक्ति गर्न पाउनुपर्ने ? हेर्नुस् चिट्ठी

फल्गुण १३, जनकपुर । केेन्द्रीय सरकारको मन्त्रालय अन्तर्गतको कर्मचारीबाट  २ नम्बर प्रदेश सरकारको काममा अवरोध भएको लगएतका गुनासाका पोको परि मुख्य मन्त्री  लालबाबु  राउतले प्रधानमन्त्री ओलीलाई  अप्रत्यक्ष धम्कीको आभाष हुने चिट्ठि लेखेका छन ।

राउतको पत्रमा भनिएको छ, ‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ, यसबारे म र मेरा मन्त्रिमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’

अघि भनिएको छ ‘त्यतिमात्र नभएर समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेका छन् ।’

सुरक्षाबारे प्रदेश सरकारले पनि निर्णय गर्न पाउनु पर्ने प्रदेश सरकारको माग भएको एक अधिकारीले बताए । प्रदेश सरकार स्रोतले भन्यो, ‘अब यो त सरकार हो । सबै कुरा केन्द्रले निर्देशन हुने हो भने यहाँको क्याविनेटले के गर्ने ?’

प्रदेश सरकार बनेपनि कर्मचारी तथा स्रोत साधनको अभाव रहेको र केन्द्रले खटाएका कर्मचारी अझै प्रदेशका काममा नआएको प्रदेश २ को सरकारले बताएको छ । स्रोतका अनुसार कर्मचारी नआउने हो भने प्रदेश आफैंले भर्ना गर्न मापदण्ड तोक्न केन्द्र सरकारलाई आग्रह गरिएको हो । संविधानमा प्रदेश लोकसेवा आयोगको परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका