February 25, 2018

ओली सरकारलाई २ नम्बर प्रदेश सरकारको धम्की, सुरक्षा निकाय र कर्मचारी आफुले नियुक्ति गर्न पाउनुपर्ने ? हेर्नुस् चिट्ठी

फल्गुण १३, जनकपुर । केेन्द्रीय सरकारको मन्त्रालय अन्तर्गतको कर्मचारीबाट  २ नम्बर प्रदेश सरकारको काममा अवरोध भएको लगएतका गुनासाका पोको परि मुख्य मन्त्री  लालबाबु  राउतले प्रधानमन्त्री ओलीलाई  अप्रत्यक्ष धम्कीको आभाष हुने चिट्ठि लेखेका छन ।

राउतको पत्रमा भनिएको छ, ‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ, यसबारे म र मेरा मन्त्रिमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’

अघि भनिएको छ ‘त्यतिमात्र नभएर समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेका छन् ।’

सुरक्षाबारे प्रदेश सरकारले पनि निर्णय गर्न पाउनु पर्ने प्रदेश सरकारको माग भएको एक अधिकारीले बताए । प्रदेश सरकार स्रोतले भन्यो, ‘अब यो त सरकार हो । सबै कुरा केन्द्रले निर्देशन हुने हो भने यहाँको क्याविनेटले के गर्ने ?’

प्रदेश सरकार बनेपनि कर्मचारी तथा स्रोत साधनको अभाव रहेको र केन्द्रले खटाएका कर्मचारी अझै प्रदेशका काममा नआएको प्रदेश २ को सरकारले बताएको छ । स्रोतका अनुसार कर्मचारी नआउने हो भने प्रदेश आफैंले भर्ना गर्न मापदण्ड तोक्न केन्द्र सरकारलाई आग्रह गरिएको हो । संविधानमा प्रदेश लोकसेवा आयोगको परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट