February 24, 2018

‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन’– प्रम ओली

काठमाण्डौ,१२ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानूनी जटिलतालाई खुकुलो पार्ने बताएका  छन्  ।नेपाल उद्योग वाणिज्य महासंघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानूनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताएका छन्  । ‘सरकारी कार्यालयका  टेवलैपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ’  फागुन १२ गते  बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने। ‘सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधारणका काममा ढिलाइ गरेछन् भने त्यसमा पनि उचित छानविन हुन्छ ।’
‘कमिशनखोरीका भरमा लाइसेन्स दिने, लिने, समयमा काम नसक्ने र विना कारण म्याद थप्ने थपाउनेलाई तत्काल कार्यवाही हुन्छ’ प्रधानमन्त्री ओलीले भने  । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशिलताको नीति लिने पनि बताए । ‘सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध छ’ प्रधानमन्त्री ओलीले भने  ‘भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुदैन । त्यसकारण स्थीर सरकारको अनुभूत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’

उद्योग वाणिज्य महासंघसंग सरकार सहकार्य गरेर अघि बढ्न  सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए  ।  ‘उद्यमी व्यावशायीसँग मिलेर देश बनाउन सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भने  ‘सरकारबाट पाउनसक्ने सहजता तपाईंहरुले पाउनु हुन्छ । विना सर्त मुलुक निर्माणमा सबै जुटौं ।’ प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्याशायीहरुलाई आग्रह गरे  । नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताए  ।
यसैगरी फागुन १२ गते नै बालुवाटारमा आयोजित कार्यक्रममा गैह्रआवासीय नेपाली संघको बधाइ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाई  समृद्ध र नेपालीलाई सुखी बनाउने बाहेक आफ्नो अरु कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन्  । ‘जनताको विश्वासलाई सार्थक बनाउने मेरो  एक मात्र उद्देश्य हो, ‘देश विकासका लागि गैह्रआवासीय नेपालीको भुमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए  ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना