February 24, 2018

ईश्वर पोखरेल अर्थसहित उपप्रधानमन्त्री बन्ने, लालबाबुको मन्त्रालय ‘गायब

काठमाडौं, फागुन १२ । एमाले महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले पोखरेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा ल्याउने तयारी गरेको स्रोतले बताएको छ ।
पोखरेलसँगै सचिव प्रदिप ज्ञवालीपनि सरकारमा जाने भएका छन् । ज्ञवाली परराष्ट्र वा सञ्चारमध्ये एक मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरि सहभागी हुँदैछन् ।

२ नम्बर प्रदेशबाट एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठ पनि सहभागी हुने भएका छन् । सचिव योगेश भट्टराई र महिलाबाट पद्मा अर्याल मन्त्री बन्ने चर्चा भएपनि मन्त्रालयको टुंगो लागिनसकेको बताइएको छ ।

लालबाबुको मन्त्रालय नै हरायो
वातावरण मन्त्रालयको जिम्मेवारीबाट लालबाबु पण्डित एकसातामै बिदा हुनुपर्ने भएका छन् । एमाले–माओवादीबीच भएको मन्त्रालय भागबण्डामा वातावरण मन्त्रालय माओवादीको पोल्टामा परेपछि उनी सो मन्त्रालयबाट विदा हुनुपर्ने भएको हो ।

प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सरकारले शुक्रवार मन्त्रालयको संख्या घटाएको थियो । सरकारले मन्त्रालयको संख्या घटाएसँगै लालबाबुले सम्हालेको मन्त्रालय विभाजित बनेका र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएको छ भने वातावरण वन मन्त्रालयमा गाभिएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार भएको सहमति अनुसार स्वस्थ्य तथा जनसंख्या एमालेको भागमा परेको छ भने वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । वातावरण मन्त्रालयको जिम्मा पाएसँगै लालबाबुले एक हप्तामै केही सुधारका काम थालिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना