February 23, 2018

म मन्त्री हुने दौडधुपमा छैन – महेश बस्नेत

फाल्गुन ११, काठमाडौं । नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउँछ।’ केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग अब अनुनय वा विनयको बहाना नचल्ने जिकिर गरे।

उनले भने,‘प्रधानमन्त्री ओलीसामू अब बहाना चल्दैन, जनतासामू गरेको वाचा अनुसार नै जनमत प्राप्त भएको छ, एमाले र माओवादीबीच एकता गर्छौं भनिएको थियो, स्थिर सरकार दिन्छौं र सुख, शान्ति र समृद्धि हासिल गर्छौ भनेकोले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गर्नुभयो र सोही अनुसार सरकार गठन भएको छ।’

वर्तमान सरकारले सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने उनको विश्वास थियो। उनले भने,‘अब ढिलासुस्ती सबै हटाउनुपर्छ, डिजिटल नेपाल निर्माण गर्नुपर्छ।’

ओली सरकारको यो पाँच वर्षे कार्यकाल समृद्धिको कार्यकाल भएकोले काम गरेर देखाउनुपर्ने सुझाव दिए।

त्यस्तै, उनले आफू पनि मन्त्री बन्ने संभावना रहेको सुनाए। बस्नेतले भने,‘राजनीति भनेको संभावना हो, म पनि मन्त्री बन्ने संभावना छ, तर म मठ/मन्दिरभन्दा पनि दिमागमा लाखबत्ती बालेर हिँडछु, त्यसैले मन्त्री हुने दौडधुपमा छैन, यदि मन्त्री भएँ भने ईमानदारपूर्वक जनताको सेवा गर्छु, भइनँ भने पनि संसदमा जनतालाई अनुभूति दिलाउने गरि प्रस्तुत हुन्छ भन्ने ममा विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’