February 23, 2018

म मन्त्री हुने दौडधुपमा छैन – महेश बस्नेत

फाल्गुन ११, काठमाडौं । नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन्।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउँछ।’ केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग अब अनुनय वा विनयको बहाना नचल्ने जिकिर गरे।

उनले भने,‘प्रधानमन्त्री ओलीसामू अब बहाना चल्दैन, जनतासामू गरेको वाचा अनुसार नै जनमत प्राप्त भएको छ, एमाले र माओवादीबीच एकता गर्छौं भनिएको थियो, स्थिर सरकार दिन्छौं र सुख, शान्ति र समृद्धि हासिल गर्छौ भनेकोले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गर्नुभयो र सोही अनुसार सरकार गठन भएको छ।’

वर्तमान सरकारले सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने उनको विश्वास थियो। उनले भने,‘अब ढिलासुस्ती सबै हटाउनुपर्छ, डिजिटल नेपाल निर्माण गर्नुपर्छ।’

ओली सरकारको यो पाँच वर्षे कार्यकाल समृद्धिको कार्यकाल भएकोले काम गरेर देखाउनुपर्ने सुझाव दिए।

त्यस्तै, उनले आफू पनि मन्त्री बन्ने संभावना रहेको सुनाए। बस्नेतले भने,‘राजनीति भनेको संभावना हो, म पनि मन्त्री बन्ने संभावना छ, तर म मठ/मन्दिरभन्दा पनि दिमागमा लाखबत्ती बालेर हिँडछु, त्यसैले मन्त्री हुने दौडधुपमा छैन, यदि मन्त्री भएँ भने ईमानदारपूर्वक जनताको सेवा गर्छु, भइनँ भने पनि संसदमा जनतालाई अनुभूति दिलाउने गरि प्रस्तुत हुन्छ भन्ने ममा विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि