February 19, 2018

देउवा सरकारले सिफारिश  गरेका राष्ट्रिय सभा सदस्यहरु रद्द

 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

 
 पूर्ववर्ती सरकारले राष्ट्रियसभा सांसदका लागि गरेका निर्णय आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रद्द गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षताका सिंहदवारमा  हिजो साँझ बसेको मन्त्रिपरिषदले तीनै जनाको नाम फिर्ता लिने  निर्णय गरेको  सिहदरबर श्रोतले बताएको  छ । यद्द्यपि प्रवक्ता जिम्मेवारी प्राप्त गरेका महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णयहरु भए पनि अनुशासनको कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यका लागि चाँदनी जोशी, कृष्ण पौडेल र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो। देउवा सरकारको सिफारिश गरेका नामहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छिन्।

संविधानअनुसार ५९ सदस्यीय राष्ट्रियसभामा तीन जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने हुन्छ। संविधानअनुसार सिफारिस गरिएका नामहरु फिर्ता गरे त्यसको विरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाउँदै आएको छ।यसैबीच राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष स्वार्णिम वाग्लेले पदबाट दिएको राजिनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना