February 17, 2018

मेक्सिकोमा शक्तिशाली भूकम्प

भूकम्प पछि अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए

भूकम्प पछि अत्तलिएका हजारौं जनताहरु ।
   ५फाल्गुन , काठमाडौँ । रोयर्टसदक्षिणी मेक्सिकोको वहाका राज्यमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। क्षतीको विवरण अहिलेसम्म प्राप्त भएको छैन।

 

भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो।भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए।टेलिभिजन फूटेजमा मानिसहरू सडकतर्फ निस्किरहेको देखिन्छ। उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको देखिन्थ्यो।भूकम्प पछि केही समय सवारीसाधन समेत सडकमै रोकिएका थिए।

पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए।त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि