February 15, 2018

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

 
 

 

काठमाडौं, ३ फागुन– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले  पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् । 
 पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए । 
जनतालाई सुशासनको प्रत्याभूति रहने गरी सरकारले काम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै ओलीले कसैलाई काखापाखा नगरी  जिम्मेवार भएर काम गर्ने बताए ।  आफू नेतृत्वको सरकारले कुनै गैरकानुनी काम नगर्ने भन्दै त्यसो गर्नेलाई दण्डित गरिने पनि बताए । 
उनले सरकार सामाजिक न्याय, सामाजिक सद्भाव र एकताको पक्षमा रहेको उल्लेख गर्दै राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता हुन नसक्ने बताए ।  
यसअघि  ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे ।  

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र