February 14, 2018

प्रणय दिवसमा ‘रोज गार्डेन पार्क’ शिलान्यास

दमक । प्रणय दिवसको अवसर पारेर दमक नगरपालिकाले ‘रोज गार्डेन पार्क’ शिलान्यास गरेको छ । वडा नं. ७ स्थित करीब ८ कट्ठा जमिनमा नगरपालिकाले खुल्ला क्षेत्रअन्तर्गत पार्क बनाउन लागेको हो ।नगरपालिकाभित्र खुल्ला पार्कको अभाव छ । युवा जोडी, वृद्धवृद्धा तथा बिहानीपख मर्निङ वक गर्नेहरुलाई मध्यनजर गर्दै पार्क निर्माण गर्न लागेको मेयर रोमनाथ ओलीले बताए । पार्कको बुधबार बिहान मेयर ओली र उपमेयर गीता अधिकारीले संयुक्त रुपमा दुईवटा गुलाबको फूल रोपर शिलान्यास गरे । पार्क निर्माणमा नगरपालिकाले ४० लाख बढी लगानी गर्ने प्रशासकीय अधिकृत युवराज दाहालले बताए । उनका अनुसार एक बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरि तत्कालै निर्माण कार्य थालिनेछ ।

 
पार्कको डिजाइन तयार भइसकेको छ । व्यवस्थित पार्किङसहितको पार्कभित्र फरक फरक रंगमा फूल्ने १५ किसिमका गुलाबका फूल रोपिनेछन् । अधिकृत दाहालका अनुसार पार्कभित्र ७ सय ३७ स्क्वायर फिटमा गुलाबका फूल रोपिनेछ । रोज गार्डेन भनिएकोले कुल एरियाको २५.७ प्रतिशत क्षेत्रमा गुलाबका फूला मात्र रोपिनेछन् । पार्कभित्र व्यवस्थित लोटस गार्डेन, योगा पार्क, जगिङ पार्क समेत रहने अधिकृत दाहालले बताए । ‘युवा जोडीलाई समय बिताउन तथा रमाइलो गर्न अब टाढा जानु पर्दैन’ अधिकृत दाहालले भने,‘यो पार्क विशेष गरि उनीहरुकै लागि बनाउन लागेका हौं ।’
 
दमक चोक नजिकै बनाउन लागिएकोले पार्कले बाह्य पर्यटक भित्र्याउन पनि सहयोग गर्ने दाहालले बताए । पार्क बनेपछि सडकमा मर्निङ वक गर्दा दुर्घटनाको जोखिम न्यूनिकरण हुने मेयर ओलीले बताए । उनले बढ्दो घनत्व र शहरको सुन्दरतालाई बचाई राख्न पनि पार्क निर्माण थाल्नु परेको बताए ।उपमेयर अधिकारीले पार्क निर्माण सम्पन्न भएपछि नगरको गरिमा र चर्चा थप बढेर जानेमा आफू आशावादी रहेको बताइन । पार्क निर्माण गर्न लागिएको स्थानमा तत्कालीन पञ्चायत सरकारले रजत जयन्ती मनाएको स्मारक रहेको छ । उक्त स्मारकलाई नभत्काई संरक्षण गरेर रोज पार्क निर्माण गरिने दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी