February 14, 2018

प्रणय दिवसमा ‘रोज गार्डेन पार्क’ शिलान्यास

दमक । प्रणय दिवसको अवसर पारेर दमक नगरपालिकाले ‘रोज गार्डेन पार्क’ शिलान्यास गरेको छ । वडा नं. ७ स्थित करीब ८ कट्ठा जमिनमा नगरपालिकाले खुल्ला क्षेत्रअन्तर्गत पार्क बनाउन लागेको हो ।नगरपालिकाभित्र खुल्ला पार्कको अभाव छ । युवा जोडी, वृद्धवृद्धा तथा बिहानीपख मर्निङ वक गर्नेहरुलाई मध्यनजर गर्दै पार्क निर्माण गर्न लागेको मेयर रोमनाथ ओलीले बताए । पार्कको बुधबार बिहान मेयर ओली र उपमेयर गीता अधिकारीले संयुक्त रुपमा दुईवटा गुलाबको फूल रोपर शिलान्यास गरे । पार्क निर्माणमा नगरपालिकाले ४० लाख बढी लगानी गर्ने प्रशासकीय अधिकृत युवराज दाहालले बताए । उनका अनुसार एक बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरि तत्कालै निर्माण कार्य थालिनेछ ।

 
पार्कको डिजाइन तयार भइसकेको छ । व्यवस्थित पार्किङसहितको पार्कभित्र फरक फरक रंगमा फूल्ने १५ किसिमका गुलाबका फूल रोपिनेछन् । अधिकृत दाहालका अनुसार पार्कभित्र ७ सय ३७ स्क्वायर फिटमा गुलाबका फूल रोपिनेछ । रोज गार्डेन भनिएकोले कुल एरियाको २५.७ प्रतिशत क्षेत्रमा गुलाबका फूला मात्र रोपिनेछन् । पार्कभित्र व्यवस्थित लोटस गार्डेन, योगा पार्क, जगिङ पार्क समेत रहने अधिकृत दाहालले बताए । ‘युवा जोडीलाई समय बिताउन तथा रमाइलो गर्न अब टाढा जानु पर्दैन’ अधिकृत दाहालले भने,‘यो पार्क विशेष गरि उनीहरुकै लागि बनाउन लागेका हौं ।’
 
दमक चोक नजिकै बनाउन लागिएकोले पार्कले बाह्य पर्यटक भित्र्याउन पनि सहयोग गर्ने दाहालले बताए । पार्क बनेपछि सडकमा मर्निङ वक गर्दा दुर्घटनाको जोखिम न्यूनिकरण हुने मेयर ओलीले बताए । उनले बढ्दो घनत्व र शहरको सुन्दरतालाई बचाई राख्न पनि पार्क निर्माण थाल्नु परेको बताए ।उपमेयर अधिकारीले पार्क निर्माण सम्पन्न भएपछि नगरको गरिमा र चर्चा थप बढेर जानेमा आफू आशावादी रहेको बताइन । पार्क निर्माण गर्न लागिएको स्थानमा तत्कालीन पञ्चायत सरकारले रजत जयन्ती मनाएको स्मारक रहेको छ । उक्त स्मारकलाई नभत्काई संरक्षण गरेर रोज पार्क निर्माण गरिने दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल