February 13, 2018

महाधिवेशनसम्म ओली-प्रचण्ड दुवै सहअध्यक्षः शर्मा


फाल्गुन १   बिर्तामोड  । माओवादी नेता जनार्दन शर्माले एमाले र माओवादी एकतापछि महाधिवशेनसम्मका लागि केपी ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष हुने बताएका छन्।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार पालैपालो प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष हुने चर्चाबीच झापाको बिर्तामोड आइपुगेका शर्माले यस्तो खुलासा गरेका हुन्।

सोमबार ओली र दाहालबीचको भेटवार्ताले निर्णायक मोड लिएको बताउँदै शर्माले पार्टी एकताको खाका तयार भएको र सरकार बन्नुअघि नै त्यो सार्वजनिक गरिने बताए।

‘अन्तर्राष्ट्रिय जगतमा पनि दुई पार्टीबीच एकता हुँदा दुवै शीर्ष नेताको भुमिकामा रहने गरी सहअध्यक्ष बनेको अभ्यास छन्’, सोमबार एक्लाएक्लै भएको भेटवार्तामा दुवै सहअध्यक्ष बन्ने सहमती बनेको खुलाउँदै शर्माले भने, ‘आज भएको शीर्ष छलफलले पनि सोही निर्णय गरेको छ, महाधिवेशनअघि एकीकृत पार्टीमा अध्यक्ष भन्ने हुँदैन सहअध्यक्ष भएर जाने हो।’

शर्माले एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया लगभग टुङ्गो लागेको बताउँदै औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनाए।उनले पार्टी एकता प्रक्रिया लम्बिँदा सरकार गठन प्रक्रिया पनि लम्बिएको बताएउँदै अब दुई पार्टीबीच कुनै विवाद नरहेको दावी गरे।

माओवादी र एमालेका उच्च स्रोतहरूले भने ओली र दाहालबीच पालैपालो प्रधानमन्त्री र पार्टी बन्ने सहमती भएको दावी गरेका छन्। जसअनुसार पहिला ओली प्रधानमन्त्री र दाहाल अध्यक्ष बन्ने अनि दुई वर्षपछि फेरि प्रधानमन्त्री र अध्यक्ष पद साटफेर गर्ने खाका बनेको दावी गरिएको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले