February 10, 2018

उत्तर कोरियाको भ्रमण गर्न दक्षिण कोरियाका राष्ट्रपतिलाई निमन्त्रणा

हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका उत्तर कोरियाको संसदका प्रमुख तथा त्यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपति समेत मानिनुहुने किम योङ नामले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई भ्रमणका लागि आमन्त्रण गरेका हुन् ।  

उत्तर कोरियाली टोली र दक्षिण कोरियाका राष्ट्रपति बीच शनिबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसमा भेटवार्ता भएको हो । 

उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी किम यो जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन् ।  

उत्तर कोरियली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहेकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्वन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिए ।  

सर्वोच्च नेता किमले जाति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएका थिए ।  

राष्ट्रपति मुन र भ्रमण टोलीकाबीचमा अनौपचारिक कुराकानी भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको कुरा गरेका हुन् ।  

शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरिया गएको उत्तर कोरियाको प्रतिनिधि मण्डलमा रहेकी जोङ सत्तारुढ दल वर्कर्स पार्टी कोरियाको केन्द्रीय समितिकी प्रथम उपनिर्देशक हुन् ।  

यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो । 

यस भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थनीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ । 

उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो । टोली आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि