February 9, 2018

सर्वोच्चले दियो गोविन्द केसीलाइ प्रधान न्यायाधीशको प्रमाणपत्र

२६ माघ,काठमाडौं। प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको प्रतिलिपी बुझेका छन् ।

केसी अधिवक्ता ओमप्रकाश अर्याललाई साथमा लिएर दिउँसो सर्वोच्च अदालत पुगेका थिए ।केसीले सर्वोच्चको १५ नम्बर मुद्दा फाँटबाट प्रधानन्यायाधीश पराजुलीको एसएलसीको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय र न्यायपरिषद्ले पठाएका पत्रलगायत सक्कलबमोजिम नक्कल प्राप्त गरेका हुन् ।

‘सबै कागजातको नक्कल सर्वोच्च अदालतबाट प्राप्त गरेका छौं। अध्ययन हुन बाँकी छ’, डा.केसीका कानुन व्यवसायी रहेका अधिवक्ता अर्यालले भने ।

प्रधानन्यायाधीश पराजुलीले आफूले नागरिकता लिने समयमा उमेर मात्र कायम हुने प्रचलन रहेकाले उमेर स्पष्ट गर्न प्रतिलिपि निकाल्दा जन्ममिति खुल्ने गरी २०१० वैशाख १६ गते कायम गरेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि