
सोही अनुसार पोष्टरको डिजाइन बन्यो /छापियो पनि । तर आयोजकहरुले मोडल तथा डान्सर प्रमिला न्यौपानेसँग यौन प्रस्ताव राखे । उनले अस्वीकार गरिन् । यही कारण आयोजकले छापिएको पोष्टरबाट उनको तस्वीर हटाएर लीला गिरीको फोटो छापेपछि यो लफडा सार्वजानिक भएको हो ।

प्रमिलाले कलाकारमाथि कुदृष्टि राख्नेहरुका विरुद्ध आफू एक्लै भए पनि लड्ने र आफूसँग यौन प्रस्ताव राखेको फेसबुक म्यासेज सुरक्षित रहेको बताँउदै आएको छिन् । उनले यो कुरा बाहिर ल्याएसँगै उनलाई धमाका पक्षधरले धम्की दिएको बताएकी छिन् । यद्यपि आयोजकमध्यका एक भिमसेन केसीले भने मोडल प्रमिला न्यौपानेले चर्चामा आउनका लागि यी हतकन्डा अपनाएको प्रतिक्रिया दिएका छन् । नेपाली कला क्षेत्रमा निर्माता/निर्देशकहरुले यौन प्रस्ताव राखेको घटना यो नै पहिलो होइन । यस अगाडि भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले मोडल तथा अभिनेत्री आयुषा राईलाई नेपालकै टप हिरोइन बनाइदिन्छु भन्दै यौन प्रस्ताव राखेका थिए ।त्यस्तै नायिका स्यारोन श्रेष्ठले ‘सायद २’का निर्माता सुनिल रावललाई ‘सेक्स’ प्रस्ताव राखेको आरोप लगाएकी थिईन् । सुनिल रावलले स्यारोनको आरोपलाई झूठो भन्दै आएका छन् । यता सपना लामिछाने समेत आफूलाई निर्माताले यौन प्रस्ताव राखेको बताएकी थिईन् । -जनआस्था साप्ताहिकबाट
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि