
सोही अनुसार पोष्टरको डिजाइन बन्यो /छापियो पनि । तर आयोजकहरुले मोडल तथा डान्सर प्रमिला न्यौपानेसँग यौन प्रस्ताव राखे । उनले अस्वीकार गरिन् । यही कारण आयोजकले छापिएको पोष्टरबाट उनको तस्वीर हटाएर लीला गिरीको फोटो छापेपछि यो लफडा सार्वजानिक भएको हो ।

प्रमिलाले कलाकारमाथि कुदृष्टि राख्नेहरुका विरुद्ध आफू एक्लै भए पनि लड्ने र आफूसँग यौन प्रस्ताव राखेको फेसबुक म्यासेज सुरक्षित रहेको बताँउदै आएको छिन् । उनले यो कुरा बाहिर ल्याएसँगै उनलाई धमाका पक्षधरले धम्की दिएको बताएकी छिन् । यद्यपि आयोजकमध्यका एक भिमसेन केसीले भने मोडल प्रमिला न्यौपानेले चर्चामा आउनका लागि यी हतकन्डा अपनाएको प्रतिक्रिया दिएका छन् । नेपाली कला क्षेत्रमा निर्माता/निर्देशकहरुले यौन प्रस्ताव राखेको घटना यो नै पहिलो होइन । यस अगाडि भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले मोडल तथा अभिनेत्री आयुषा राईलाई नेपालकै टप हिरोइन बनाइदिन्छु भन्दै यौन प्रस्ताव राखेका थिए ।त्यस्तै नायिका स्यारोन श्रेष्ठले ‘सायद २’का निर्माता सुनिल रावललाई ‘सेक्स’ प्रस्ताव राखेको आरोप लगाएकी थिईन् । सुनिल रावलले स्यारोनको आरोपलाई झूठो भन्दै आएका छन् । यता सपना लामिछाने समेत आफूलाई निर्माताले यौन प्रस्ताव राखेको बताएकी थिईन् । -जनआस्था साप्ताहिकबाट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’