February 4, 2018

प्रदेश दुई : प्रदेश सभा पहिलो बैठकमै हंगामा

 

जनकपुर माघ २१


 प्रदेश दुईको प्रदेश सभा पहिलो बैठकमा राजापा सांसदहरुले हंगामा गरेका छन्। संसद बैठकस्थलमा मधेस आन्दोलनका सहीदको तस्विर माग गर्दै उनीहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।बैठक सुरु हुनासाथ राजपाका मनिष सुमनले मधेश आन्दोलनका सहीदको तस्विर नभएको भन्दै विरोध जनाएका थिए। सभामुख आसन अगाडि मधेस आन्दोलनका सहीद तस्वीर राख्नुपर्ने उनले माग गरेका थिए। ‘जनआन्दोलनका सहीद राखिएको ठाउँमा मधेसका सहीदहरुको फोटो राखियोस्’, उनले भने।

राजपाकै डिम्पल झाले मधेसका सहीदको तस्विर नराखेसम्म बैठक अघि नबढ्ने बताएर सांसदहरु आ—आफ्नो स्थानबाट उठेका थिए। एमाले सांसदहरुले भने संसद अवरुद्ध गर्न नपाउने बताएका थिए।

सभामुख ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहीदहरुको तस्विर झुन्ड्याउन रुलिङ गरेपछि बैठक सुचारु भएको थियाे। ७७ वर्षीय चौधरीले ज्येष्ठ सदस्यको हैसयितमा बैठक सञ्चालन गरेका हुन्। अर्काे बैठक माघ २९ गतेका लागि बाेलाइएकाे छ।

प्रदेश सभामा प्राप्त सिट संख्याका आधारमा अाइतबार बाेल्ने समय उपलब्ध गराइएकाे थियो। जसअनुसार संघीय समाजवादी फोरम सांसदहरूले सबैभन्दा बढी १४ मिनेट बाेल्ने समय पाएका थिए। राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्ने समय मिलाइएकाे थियो।

रोष्टमलाई फूलमाला, लाइभ हेरेर चित्त बुझाए सर्वसाधारणले
पहिलो बैठक सभाहललाई दुलही जसरी सिँगारिएको थियाे। सभाहलको मूल गेटमै मिथिला आर्ट राखिएको छ। प्रदेश सभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ। सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणले प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारण हेरेर चित्त बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि