January 31, 2018

सर्बोच्चका गोपाल पराजुली हत्यारा र माफिया हो :डा. गोविन्द केसी (भिडियोसहित)

 
 


१७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् ।

सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाएका हुन् ।बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गणबाट डा. केसीले भने- ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छ । कसले ? त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ । त्यस्तो मान्छे प्रधानन्यायाधीश हुनसक्छ ? के गरी बस्छ त्यो कुर्सीमा ?’

डा. केसीले अगाडि भने, ‘मर्डरर हो यो । प्रधानन्यायाधीश हत्यारा हो हत्यारा … ।’

पराजुलीविरुद्ध चर्को आक्रोश पोखेका डा. केसीले अदालतको भने सम्मान गर्ने बताए ।

सही रुपमा न्यायसम्पादन गर्नेहरुको सम्मान गर्ने भन्दै डा. केसीले भने, ‘तर, न्याय विक्री गर्ने र हत्यारा, माफिया र डन प्रधानन्यायाधीश जबसम्म पदमा रहिराख्छन्, त्यसबेला अदालतले कुनै फैसला गर्छ भने मलाई मान्य हुँदैन । कुन आधारमा भन्ने निश्पक्ष फैसला हुन्छ ?’

फाइल तस्वीर

माफियाको पक्षमा एकपछि अर्को फैसला गरेको भन्दै उनले प्रधानन्यायाधीश पराजुली ‘माफिया किङ’ भएको बताए । पछिल्लो पटक आईओएमका डीनमा शशी शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्नु त्यसको प्रमाण भएको उनले दाबी गरे ।

त्रिवि उपकुलपति तीर्थराज खनियाँ पनि भ्रष्ट र माफिया भएको भन्दै उनले भने, ‘उनीहरुले मिलेर आधिकारिक डिनलाई काम गर्न नदिएर अलपत्र पारेका छन् ।’

यसमा पूर्वमहान्यायाधिवक्ता एवं अधिवक्ता रमन श्रेष्ठ पनि मिलेको डा. केसीको आरोप छ ।

पार्टीका नेताहरु बोलेकै खै ?

डा. केसीले पराजुलीबारे मौन बसेको भन्दै प्रमुख दलका नेताहरुमाथि समेत प्रश्न उठाए । प्रमुख दलहरु लुटतन्त्रमा रमाएको र उनीहरुले पराजुलीलाई भरथेग गरेको केसीको आरोप छ ।

डा. केसीले भने, ‘लोकतन्त्र होइन, अहिले राजनीतिक नेतृत्व, प्रधानन्यायाधीश सबैले लुटतन्त्र मच्चाएका छन् ।’

त्रिवि चिकित्सा अध्ययन संस्थान दक्षिण एसियाकै राम्रो संस्थान रहेको भए पनि राजनीतिक कार्यकर्ताको जागिर खाने थलो बनेपछि धरासायी भएको बताए ।

अन्लाईन खबरबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि