January 31, 2018

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता भण्डारीले दिए निवेदन

  माघ १७

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता भण्डारीले दिए निवेदन 

काठमाडौं । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका छन् ।

“प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी गरेको आधारमा प्रतिशोध साँधी प्रधान न्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको वहस सकिनासाथ मिति २०७४÷९÷२६ गते अन्दाजी ५.३० बजे तथा उहाँको सम्बन्धमा नागरिक दैनिकमा गत बिहीबार मेरो लेख प्रकाशित  भएपछि सोही दिन बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको,” भण्डारीले निवेदनमा भनेका छन् ।

त्यसैगरी माघ १६ गते २ बजे केही मानिसउलाई आफ्नो शंखमुलस्थित घरमा पठाई पुनः धम्की दिएको हुँदा आफ्नो ज्यानमा प्रधान न्यायाधीशबाटै खतरा भएको हुनाले शान्ति सुरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट