January 29, 2018

सन्दीपको छलाङः प्रधानमन्त्री र नेताहरूको बधाई

 

 



सन्दीप लामिछाने

सन्दीप लामिछाने
 

क्रिकेटभन्दा बढी पैसा। पैसाभन्दा बढी ग्ल्यामर। अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन। यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष हुने पक्का छ। किनकि यसको ११ औं संस्करणमा १७ वर्षीय स्पिनर सन्दीप लामिछाने हुनेछन्।

 

यसअघिका आईपीएल संस्करणमा अन्य देशका खेलाडीको प्रदर्शन हेरेर चित्त बुझाएका नेपाली दर्शकलाई दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित सन्दीपको उपस्थिति ऐतिहासिक बन्न गएको हो। आईपीएलका लागि बेङ्गलोरमा आइतबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सन (खेलाडी खरिदका लागि हुने बोल कबोल) मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिपेन्द्र गुरुङले लेखेका छन्।

यससँगै उनी आईपीएलका लागि अक्सनमा पर्दै अनुबन्धित हुने पहिलो नेपाली क्रिकेटर बनेका छन्। ‘अनुबन्धित भएकामा एकदमै खुसी छु,’ उनले शुभचिन्तकप्रति ट्वीटमार्फत कृतज्ञता दर्शाए, ‘यात्रा अब सुरु भयो।’

यसअघि नेपाली राष्ट्रिय टोलीका अर्का स्पिनर शक्ति गौचनले सन् २०१२ मा आईपीएल टोली राजस्थान रोयल्समा अभ्यासको अवसर पाएका थिए। यद्यपि, उनले त्यसबेला राजस्थान रोयल्ससँग अनुबन्ध हुने र प्रतियोगिता खेल्ने अवसर पाएका थिएनन्। नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको विशेष पहलमा राजस्थान पुगेका शक्ति केही समयको अभ्यासपछि स्वदेश फर्केका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत् सन्दीपलाई बधाई दिँदै आफूमात्रै नभई सिंगै देशले उनीप्रति गर्व गरिरहेको बताए। उनले नेपाली खेलाडीप्रति विश्वास दर्शाएकामा डेयरडेभिल्सलाई पनि धन्यवाद दिए। सन्दीपलाई बधाई थप्नेमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरु छन्। अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपको छनोटमा नेपालीहरुलाई नै बधाई दिँदै खुसी साटेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल