प्यालेस्टिनीलाई सहयोग रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन् ।donald-trump-3-e1516164693600हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए । उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले यो घोषणा दोस्रो पटक गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको यसअघि नै बताइएको थियो ।

राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागीताका लागि डाभोसमा छन् । सो कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सो धारणा राखेका हुन् ।

अमेरिकाले यसमध्येको अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र सुरक्षाकर्मीको तालिमका लागि थौरै छुट्याइएको बताएका छन् ।

तर अमेरिकाले दिने भनिएको सो सहयोगमा के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारेमा भने अहिले नै अमेरिकाले कुनै निर्णय गरेको छैन ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा गरेको निर्णयमा जेरुसलेमलाई इजरायली राजधानीको मान्यता दिएयता प्यालेस्टिानीहरु अमेरिकाको कुनै पनि वार्तामा सहभागी हुन अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि