प्यालेस्टिनीलाई सहयोग रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन् ।donald-trump-3-e1516164693600हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए । उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले यो घोषणा दोस्रो पटक गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको यसअघि नै बताइएको थियो ।

राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागीताका लागि डाभोसमा छन् । सो कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सो धारणा राखेका हुन् ।

अमेरिकाले यसमध्येको अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र सुरक्षाकर्मीको तालिमका लागि थौरै छुट्याइएको बताएका छन् ।

तर अमेरिकाले दिने भनिएको सो सहयोगमा के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारेमा भने अहिले नै अमेरिकाले कुनै निर्णय गरेको छैन ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा गरेको निर्णयमा जेरुसलेमलाई इजरायली राजधानीको मान्यता दिएयता प्यालेस्टिानीहरु अमेरिकाको कुनै पनि वार्तामा सहभागी हुन अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद