January 24, 2018

एमालेका नेताकार्यकर्ता नै आफ्नै मेयरका विरुद्धमा !

एमाले सुनसरी १ का अध्यक्ष इन्द्र राईकी श्रीमती र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई उपमहानरपालिकामा जागिर लगाएर विवादमा परेको घटना सेलाउन नपाउँदै सुब्बाले महंगो गाडी चढ्ने मोह देखाएपछि उनी एमाले कार्यकर्ताको नजरमा समेत विवादित बन्न पुगेका छन । उपमहानगरपालिका आर्थिक धरासयमा रहँदारहँदै पनि महंगो गाडी किन्ने निर्णय गलत छ, १८ नम्बर वडाअध्यक्ष प्रविण राईले बताए । उनले मेयरको गाडी किन्ने निर्णयले नगरबासीलाई चिन्तित तुल्याएको समेत बताए ।

मेयर सुब्बाले अन्य जनप्रतिनिधिले विरोध गर्दागर्दै पनि टाटा कम्पनीको हेक्सा गाडी किन्नलाई डेण्टर स्वीकृत गराएका छन । सुब्बाले उक्त गाडी खरिदका लागि सिप्रद्धि ट्रेडिङ नैकाप काठमाडौंले हालेको ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको बजेट स्वीकृत गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । उनले उपमहानगरपालिकालाई गाडीको अतिआवश्यक परेकाले खरिद गर्न लागिएको बताए ।

पास नगराइकन गाडी किन्ने स्वीकृत गराएका सुब्बाको आफ्नै पार्टी एमालेमा समेत असन्तुष्टि बढेको छ । तर, सुब्बाले गाडी खरिद गर्ने अडानलाई यथावत राखेपछि उनी धरानको विकास र धराने जनताको समस्या समाधान गर्न नभएर गाडी चढ्न मात्र निर्वा्चित भएको प्रष्ट भएको युवासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानदीपले बताए । गाडी खरिदबारे मेयर सुब्बालाई सम्पर्क गर्दा बोल्न नमिल्ने प्रतिक्रिया दिए । यो बिषयले अहिले धरानमा नयाँ तरंग नै सिर्जना गरिदिएका्े छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट