January 19, 2018

कांग्रेस कार्यकर्ताबाटै प्रधानमन्त्रीको पुत्ला दहन, गृहिजल्लामै पनि जल्याे पुत्ला !

 

प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो। नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन्।

यसअघि बुधबारदेखी नेपाली कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामूहिक रुपमा पार्टीको सदस्यता त्यागेका छन्। जसमा जिल्लामा सक्रिय सबै तहका नेता कार्यकर्ताहरुले पनि सदस्यता त्यागेको घोषणा गरेका हुन्। जसमा अझै घोषणा गर्ने क्रम जारी रहेको छ।

यता, प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै  देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ला जलाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्लाको शवयात्रासमेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो