January 17, 2018

यस्तो छ वाम कार्यदलको भागबन्डा

 

 

 

३ माघ  काठमाडौं । अघिल्लो बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मत सहितको तथ्याङ्क माओवादी नेताहरुलाई समेत दिएको थियो । बैठकमा माओवादी नेता रामवहादुर थापा बादलले प्रत्येक प्रदेशमा रहेका सम्बन्धित पार्टीको मतसंख्याका आधारमा सिट बाँडफाँट हुने बताएका थिए ।स्रोतका अनुसार स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्दैछ ।

कार्यदलका एक सदस्यका अनुसार वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना छ । उम्मेदवारी भने सबै पदमा दिइनेछ । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने नेताहरुले बताए । त्यसो गर्दा प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।आजको बैठकमा माओवादीलाई कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने तयारी सहित आउन भनिएको कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेले अनलाइनखबरलाई बताए । उनले बाँडफाँड ७०/३० कै हाराहारीमा हुने आधार मतसंख्याले देखाएको जानकारी दिए ।

बहुमतीयबाट जित्ने दलित र अल्पसंख्यक/अपांग कोटा दुवै दलले मिलाएर बाँडफाँड गर्नेछन् । त्यसो गर्दा सम्बन्धित पार्टीका नेताहरुको व्यवस्थापनलाई पनि आधार बनाइएको छ । त्यस्तै एकल संक्रमणीयबाट जित्ने ३ महिला र ३ खुला सदस्यमा प्राथमिकता क्रमका आधारमा बाँडफाँड हुनेछ ।

कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा पेश गरिनेछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड हुने पाण्डेले बताए ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका