January 16, 2018

उत्तर कोरिया विरुद्धको भेलामा चीनले बहिष्कार गर्ने

 

 माघ २, काठमाडौं ।

काठमाडौं । उत्तर कोरियाको आणविक हतियार निर्माण मुद्दा सम्बन्धी समस्याको समाधान गर्न प्रमुख २० राष्ट्रका विदेश मन्त्रीहरुको बैठक आज बस्दैछ । 

उत्तर कोरियाको आणविक परीक्षणलाई रोक्न कूटनीतिक र आर्थिक दबाबसम्बन्धी थप छलफल गर्न बोलाइएको बैठकमा चीनले भने सहभागीता नजनाउने बताएको छ ।

लामो समयदेखिको उत्तर कोरियाको व्यवसायिक मित्र राष्ट्र भएकाले सबै राष्ट्रहरु चीनप्रति निकै आशावादी भएको रोएटर्सले बताएको छ । तर चीनको तर्फबाट भने कोही पनि सहभागी नहुने भनिएपछि वार्ता विना निष्कर्ष टुङ्गिनेमा अन्य राष्ट्रहरुले चिन्ता व्यक्त गरिरहेको बताइएको छ ।

क्यानडा र अमेरिकाको नेतृत्वमा भ्यानकोभरमा बस्ने भनिएको उक्त बैठकमा उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न आगामी दिनहरुमा केकस्ता कदम उठाउने भन्नेबारे छलफल गर्न लागिएको हो । अहिलेका लागि भने उत्तर कोरियाले दक्षिणमा हुने ओलम्पिक्स खेलमा सहभागीता जनाउने भएपछि केही समय कोरियाली प्रायद्विप शान्त रहने सम्भावना देखिएको छ । तरपनि उत्तर कोरियाको कुनैपनि क्रियाकलापलाई नजरअन्दाज गर्न नमिल्ने अमेरिकाको भनाइ छ । 

अहिलेसम्म उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धले सकारात्मक असर देखाइरहेको र उनीहरुमा यसको गम्भीर प्रभाव परिरहेको राष्ट्र विभागका निर्देशक ब्रायन हुकले बताएका छन् ।

तरपनि चीनको अनुपस्थितिले बैठकमा थुप्रै चुनौतिहरु थपिदिने बताइएको छ । उत्तर कोरियामा चीनको अत्यन्तै बढी प्रभाव रहेकाले पनि बैठकलाई सफल पार्न चीनको प्रमुख भूमिका रहने आशा गरिएको थियो । उता उत्तर कोरियाको अर्को मित्र राष्ट्र रुसले पनि यस बैठकमा सहभागीता नजनाउने भएपछि वार्ता सफल हुने सम्भावना धेरै कम हुने बताइएको छ । त्यसकारण विशेषगरी चीनको सहयोग बिना उत्तर कोरियासम्बन्धी मुद्दा कहिल्यै समाधान हुन नसक्ने भन्दै अन्य मुलुकहरुले चिन्ता व्यक्त गरेका छन् ।

यता अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति पनि चीन र रुसले राम्रो प्रतिक्रिया दिइरहेका छैनन् । यसैकारणले राष्ट्रपति ट्रम्पले हालका केही अन्र्तवार्ताहरुमा उत्तर कोरियाप्रति केही नरम भएको संकेत गरिरहेको हुन सक्ने अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।

अमेरिकाका रेक्स टिलरसन समेत उपस्थित हुने यस बैठकमा उत्तर कोरियाले प्रतिबन्धको उल्लंघन गर्दै जहाज मार्फत चीनबाट इन्धन आयात गरेको सम्बन्धी पनि गम्भीर छलफल गरिने बताइएको छ जसलाई पनि चीन उपस्थित नहुनुको कारण हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि