बलिउडमा एकपछि अर्को हिट फिल्म दिएका बरुण धवनले हालै मुम्बाईको बान्द्रा इलाकामा नयाँ घर खरिद गरेका छन् । उक्त घरको ओपनिङमा धेरै सेलिब्रेटिसँगै उनकी प्रेमिका भनिएकी नताशा दलाल पनि देखिएकी थिइन् । बरुणले आफ्नो बुवा डेविड धवनको घर छोडेर प्रेमिकाको साथमा नयाँ घरमा बस्न शुरु गरेका भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै अभिनेत्री आलिया भट्टसँग उनको बढ्दो सामिप्यताको कारण उनी र उनकी प्रेमिका भनिएकी नताशाबीच मनमुटाब शुरु भएको थियो । त्यसका साथै सुटिङको व्यस्तताको कारण पनि उनी नताशालाई समय दिन सकिरहेका थिएनन् ।
यस्तो अवस्थामा उनले बुवा डेविडको घर छोडेर नताशालाई ज्यादा समय दिन नयाँ घरमा उनीसँगै सिफ्ट भएका हुन् । बरुणको बुवा डेविडले उनीहरुको लिव इन रिलेशनशिपमा बस्ने चाहनालाई अस्विकार गरेपछि उनले यस्तो निर्णय लिएका हुन् ।
बरुण र नताशा दुबै बाल्यकालदेखिका साथी हुन् । उनीहरु एकै स्कूलमा पढेका हुन् । दुवै धेरैपटक कयौं कार्यक्रमहरुमा एकैसाथ देखिएका छन् तर आधिकारीकरुपमा उनीहरुले आफ्नो सम्बन्धबारे खुलाएका छैनन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको