एजेन्सी, २५ पुस : इजरायलले आज जेट विमान साथै जमिनबाट तिनपटक सिरियाली भूमिमा मिसाइल आक्रमण गरेको एकजना सिरियाली सैनिकले त्यहाँको राष्ट्रिय टेलिभिजनलाई बताएको छ ।
ति सैनिकका अनुसार इजरायली जेट विमानले दमासकस नजिकको अल कतैफा क्षेत्रमा लेवानिस हवाइक्षेत्र भित्रबाट स्थानीय समयअनुसार विहानको साढे दुई बजे मिसाइल हानेको हो । त्यसक्रममा सिरियाली हवाई रक्षा दलले एउटा इजरायली जहाजलाई ध्वस्त बनाएको ति सैनिकले बताए ।
उक्त जहाजलाई ध्वस्त बनाएपछि इजरायलले कब्जा गरेको गोलन हाइट्सबाटै उसले मिसाइल हानेको थियो । तर सिरियाली रक्षा सैनिकहरुले ति मिसाइललाई ध्वस्त बनाएको थियो ।
इजरायल हाल सिरियाली भूमिमा इरानलाई शिविर खडा गर्न र लेवनानी हाजिबूल्लाह समूहलाई उच्च स्तरीय हतियार ढुवानी गर्न रोक्न प्रतिबद्ध छ ।
सिरियाली सेनाले आफ्नो विज्ञप्तीमा त्यस हमलाको गंम्भिर प्रतिक्रिया दिने चेतावनी दिँदै उसले इजरायलले सिरियामा लडाँकू समूहहरुलाई समर्थन गर्न हमला गरेको पुरानो आरोप दोहोर्याएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष