
एजेन्सी, २४ पुस । गएराति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले लेभान्तेलाई ३-० गोलले पराजित गरेको छ । दुई हप्ताको विश्रामपछि सुरु भएको लिगमा बार्सिलोना उच्च फर्ममा देखिएको थियो ।
यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका लियोन मेस्सीले खेलको १२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि चम्किए लुइज स्वारेज । उनले खेलको ३८ औ मिनेटमा गोल गरे । यस वर्ष सर्वाधिक आश्चर्य पारे पोलिन्हो । बार्सिलोना आउनु पुर्व उनको खेललाई लिएर फुटबल पण्डितहरु खासै आशावादी थिएनन् ।
तर, उनले बार्सिलोना आएपछि महत्वपुर्ण गोलहरु गर्न सफल भएका छन् ।
लेभान्तेविरुद्धको खेलमा पनि उनले अन्तिम मिनेटमा गोल गरेका थिए । यस सिजन अपराजित रहेको बार्सिलोनाको १८ खेलमा ४८ अंक रहेको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद