January 6, 2018

टिपरको ठक्करबाट बनेपामा युवतीको मृत्यू

 

बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ ।काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ठगुन्नाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनापछि अवरुद्ध भएको अरनिको राजमार्ग खुलाउन प्रहरीले ६ सेल अश्रृग्यास प्रहार गर्दा केहीबेर तनाव भएको थियो । तर अहिले स्थिति नियन्त्रणमा आइसकेको र राजमार्ग सञ्चालन भइसकेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि