नेपालको नयाँ सरकारलाई स्वागत गर्न आए ‘रअ’का नयाँ प्रमुख !

 

काठमाडौं, २०७४ पुस २० ।  वैदेशिक क्षेत्रमा काम गर्ने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (Research and Analysis Wing) (R&AW or RAW) (रअ)ले नेपालका लागि नयाँ प्रमुख नियुक्त गरेको कुरा नेपालस्थित भारतीय राजदूतावास स्रोतबाट थाहा भएको छ ।  कलकत्ताका स्थायीवासी अभिजित हल्दरले नेपालको ‘रअ’ प्रमुखको जिम्मेवारी सम्हाल्दैछन्।  नेपालस्थित भारतीय राजदूतावास स्रोतका अनुसार, २०७४ पुस २० गते अर्थात् सन् २०१८ जनवरी ४  तारिखबाट विवेक जुहारीले सम्हाल्दै आएको कार्यभार हल्दरले सम्हाल्ने छन्।

स्रोतका अनुसार, पुस २० गते ४ बजे नेपाल उत्रिएका हल्दरद्वारा आज नै ह्याण्डओभर र टेकओभरको कार्यक्रम सम्पन्न  हुनेछ छ।  नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ संसद, नयाँ सरकार, प्रदेश सरकार, प्रदेश संसद  बन्ने तयारी भैरहेको समयमा नेपालका लागि नियुक्त ‘रअ’ प्रमुख हल्दरको नेपालमा औपचारिक आगमन पहिलो भएको पनि  स्रोतले बत़ाएको छ। नेपालको नयाँ राजनीतिका व्यवस्था कार्यान्वयनको शुभराम्भको घडीमा नेपालाका लागि नौलो व्यक्ति वैदेशिक क्षेत्रमा काम गर्ने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (रअ)को प्रमुखको नियुक्ति भएको छ।  नयाँ राजनीतिक सन्दर्भ, नयाँ सरकारको नियुक्तिपछि  नेपाल नीति र नेपाल भारत सम्बन्ध, अभिजित हल्दरको कार्यकालमा  के कस्तो रुपमा अघि बढ्ने हो र उनको भूमिका कस्तो रहने छ भन्ने प्रतिक्षामा नेपालको राजनीतिक र कूटनीतिक क्षेत्र रहेको छ।

नेपाल राजनीतिक संक्रमणको उच्चतम बिन्दुमा रहेको, संविधान जारी होला कि नहोला भन्ने त्रासलेग्रस्त   अवस्थामा  २७ महिना अघि नेपालका लागि ‘रअ’को प्रमुखको जिम्मेवारी सम्हालेका वर्तमान प्रमुख विवेक जुहारी विवादमुक्त भएर नेपालबाट २०१८ जनवरी ११ (२०७४ पुस २७ गते) मा विदावारी हुँदैछन्। नेपालका लागि ‘रअ’का  प्रमुख विवेक जुहारीको नियुक्ति  कति समयका लागि भन्ने अवधि नतोकिई नेपालको जिम्मेवारी सम्हालेको भएतापनि उनले दोस्रो पटक २७ महिना काम गर्ने अवसर पाएको नेपालस्थित भारतीय राजदूत निकट स्रोतले बताएको छ।

शालीन, भद्र व्यक्तित्व भनेर नेपालको कूटनीतिक क्षेत्रमा नाम लिइने  विवेक जुहारीले केपी ओली, पुष्पकमल  दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको सरकार देख्ने र भोग्ने अवसर पाए।  मध्ये प्रदेश स्थायी बसोबास भएका  कुनै हाइफाई र  अनावश्यक चलखेल नगर्ने, यसभन्दा अघि रअको सेकेन्ड म्यान (काउन्सलर) भएर नेपालमा बसेका जुहारी नेपालमा मात्र होइन नयाँ दिल्लीमा समेत प्रभावशाली व्यक्तिको रुपमा चर्चित छन्।

 

स्रोतका अनुसार, नेपालमा काम गरेका मध्ये नेपालमै चर्चित टी हर्मिक्स, आलोक जोशीपछि सम्भवत : विवेक जुहारी सन् २०१८ को अन्तिम महिना  डिसेम्बरमा वैदेशिक क्षेत्रमा काम गर्ने विश्वबिख्यात भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (Research and Analysis Wing) (R&AW or RAW) (रअ)को प्रमुखमा नियुक्त हुनेछन।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का