काठमाडौँ, पुस १९ । ‘प्रधानमन्त्री बन्नेबारे मैले अहिले केही सोचेको छैन’ बिहीबार पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ले प्रधानमन्त्री बन्ने नसोचेको र वाम गठबन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरे ।
उनले आफूहरू एमालेसँग पार्टी एकताकै एजेन्डा लिएर जनताको अनुमोदन चुनाव लडेको बताउँदै आफू गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोच पनि नपलाएको बताए । कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले पार्टी एकतामा दुई नेताको कार्यकारी भूमिका हुने सहमति भएको भन्दै त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको पनि बताए ।
‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ, दुई नेताको भूमिका कार्यकारी भूमिका हुनपर्छ भन्नेमा कुनै विवाद छैन’ प्रचण्डले भने,‘ त्यसलाई औपचारिकता दिनमात्र बाँकी छ । अब केही दिनमै यसबारेमा थाहा पाउनुहुनेछ ।’ हाल पार्टी एकताको विषयमा छलफल भइरहेको तर प्राविधिक कारणले रोकिएको उनले बताए । तर जसरी भए पनि केही दिन भित्रै एकताबारे कन्फर्म हुने दाबी गरे ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार