January 3, 2018

 विशेष पास नलीइ काठमाडौँका भित्री गल्लीमा गाडी कुदाउन नपाइने!

काठमाडौं, पुष १९। अब, काठमाडौँ शहरका भित्री सडक खण्ड तथा गल्लीहरुमा चार पाङ्ग्रे सवारी साधन गुडाउन निषेध गरिएको छ । केही महिनाअघि ठमेल र केही दिन अघि पशुपति नाथ क्षेत्रबाट सुरु गरिएको चार पांग्रे सवारी निषेध कार्यक्रमले अब राजधानीका गल्लीहरुमा पनि यो नियम लागू भएको छ ।
चार पाङ्ग्रे सवारी निषेध गरिएसँगै भित्री शहरमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय भएको छ । भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारीले प्रवेश गर्न नपाउने भएको छ ।

उक्त नियम कार्यन्वयनका लागि आजबाट काठमाडौँ वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्किएका छन् । स्थलगग अवलोकनमा निस्किनुपूर्व ५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्यले आगामी माघ २ गतेदेखि यी शहरका भित्री सडक खण्डहरुमा पूर्ण रुपमा चार पांग्रे सवारीको प्रवेश रोकिने बताए । ‘भित्री सडक खण्डमा चार पाङ्ग्रे सवारीका कारण मानिसहरुलाई आवत जावत गर्न कठिन भएको छ । सडक साँघुरा हुने भएकोले पैदल हिँडडुल गर्ने सर्वसाधारण पनि जाममा पर्नु परेको छ ।’ यसकारण आफूहरुले सो कार्यक्रम पूर्ण रुपमा लागू गर्न स्थलगन अनुगमनमा निस्कन लागेको उनले बताए ।

त्यस्तै,वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन आफूलहरुले चारपांग्रे सवारी रोक्न सो कदम चालेको बताउँछन् । ‘हामीले चार पाङ्ग्रे सवारी निषेधका लागि ट्राफिक प्रहरीसँग छलफल गरिसकेका छौँ । उहाँहरुले यो कार्यक्रमलाई स्वागत योग्य भएको बताउँदै उचित किसिमबाट यसलाई कार्यान्वयन गर्ने बाचा गर्नु भएको छ ।’

तर सबै वडाध्यक्षहरुले निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना मा पनि निर्णय अघि सारेका छन् । वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवारीलाई प्रवेश मा रोक लगाइने छैन । उनका अनुसार आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’