January 3, 2018

पक्राउ पुर्जी जारी भएका सिलवाल मलेसियामा

 

 
 
    
 

काठमाडौं, पुस १९ । नेपाल प्र्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले किर्ते मुद्दामा पक्राउ पुर्जी जारि गरेको छ । नेपाल प्रहरीको आइजीपी बढुवा प्रकरणमा विवादमा मुछिएका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका सांसद समेत हुन । सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको हो ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको विषयमा सर्वोच्च अदालतले फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं  प्रहरी परिसरको श्रोत अनुसार चलानी नम्बर ३१५२ मा पत्र काटीएको जनाएको छ ।

सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको थियो । पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार नै नेपाल बाहिर गएको बुझिएको छ । समाचार स्रोतका अनुसार सिलवाल  सोमबार मलेसिया उढिसकेको बताएको छ ।

नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेको बताइएको छ । सिलवाल एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’