January 3, 2018

पक्राउ पुर्जी जारी भएका सिलवाल मलेसियामा

 

 
 
    
 

काठमाडौं, पुस १९ । नेपाल प्र्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले किर्ते मुद्दामा पक्राउ पुर्जी जारि गरेको छ । नेपाल प्रहरीको आइजीपी बढुवा प्रकरणमा विवादमा मुछिएका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका सांसद समेत हुन । सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको हो ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको विषयमा सर्वोच्च अदालतले फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं  प्रहरी परिसरको श्रोत अनुसार चलानी नम्बर ३१५२ मा पत्र काटीएको जनाएको छ ।

सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको थियो । पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार नै नेपाल बाहिर गएको बुझिएको छ । समाचार स्रोतका अनुसार सिलवाल  सोमबार मलेसिया उढिसकेको बताएको छ ।

नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेको बताइएको छ । सिलवाल एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि