December 30, 2017

काभ्रेमा बाबुबाट बलात्कृत छोरीको बेदना- बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !

 

१५ पुस, काभ्रे । ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा यसरी सुनाइन्ः

मामाघरमा पहिलोपटक बलात्कार भयो !

हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।

एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।

दोस्रो पटक त गर्भ बसेछ !

मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।

भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।

सानुममीलाई गुहारेँ !

अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं ।अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन