December 30, 2017

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

पुस , १५ २०७४/ काठमाडौं / 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्छ। ‘न्यून गुणस्तर र दूषित ठहरिएका खाद्य पदार्थ, तेलजन्य र पेयजन्य वस्तु सकेसम्म प्रयोग नगरेको बेस हुन्छ, यस्तो वस्तु मानव स्वास्थ्यका लागि निकै हानिकारक र खान अयोग्य मानिन्छ,’ विभागद्वारा बिहीबार आयोजित चौमासिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा महानिर्देशक कर्णले भने, ‘तेलमा पाइने प्रतिकूल तत्वहरूले अन्य विभिन्न प्रकारका घातक रोग निम्त्याउन सहयोगी भूमिका खेल्छन्। खासगरी निकै पुराना र मिसावट गरिएका तेलमा यस्तो समस्या देखिन्छ।’

मानव स्वास्थ्यलाई हानि पुर्‍याउने गरी दूषित र न्यून गुणस्तरको खानेतेल तथा घिउ उत्पादन गरेको अभियोगमा सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ११ उद्योगविरुद्ध १६ वटा मुद्दासमेत दायर गरेको छ। गत आर्थिक वर्ष २०७३र७४ मा कुल दुई सय ५७ वटा यस्तै प्रकृतिका मुद्दा दायर गरिएको थियो। आर्थिक वर्ष २०७२र०७३ मा दुई सय ६ वटा मुद्दा दायर भएकोमा सबैभन्दा बढी खानेतेलसम्बन्धी थियो। विभिन्न प्रकारका मिसावट गरी उत्पादन गरिएका यस्ता खानेतेल उपभोग गर्दा मानव स्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने सम्भावना हुन्छ।

११ उद्योगका घिउ र तेल ‘खान अयोग्यु विभागका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्ममा ४५ उद्योग प्रतिष्ठानविरुद्ध ५० वटा मुद्दा दायर गरिएको छ। जसमध्ये सबैभन्दा बढी प्रशोधित भनिएका खानेतेल र घिउका मुद्दा छन्। विभागका प्रवक्ता पूर्णचन्द वस्तीका अनुसार खानेतेलतर्फ न्यून गुणस्तर महलअन्तर्गत सबैभन्दा बढी बारास्थित एग्रो प्रोसेसिङ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ। चार महिनाको अवधिमा यो उद्योगविरुद्ध प्रशोधित सूर्यमुखी खानेतेलतर्फ एक र तोरीको तेल आयात गरी आफ्नै ब्रान्डमा बिक्री गर्ने तोरीको तेलतर्फ पाँचवटा मुद्दा दायर गरिएको छ। ‘यो उद्योगले पटक(पटक त्रुटि गरेकाले कडा कारबाही माग गर्दै पटके महलअन्तर्गत सरकारी अधिवक्तामार्फत अदालतमा मुद्दा दायर गरेका छौं,’ प्रवक्ता वस्तीले भने।

‘न्यून गुणस्तर र दूषित ठहरिएका खाद्य पदार्थ, तेलजन्य र पेयजन्य वस्तु सकेसम्म प्रयोग नगरेको बेस हुन्छ, यस्तो वस्तु मानव स्वास्थ्यका लागि निकै हानिकारक र खान अयोग्य मानिन्छ।’ – सञ्जीवकुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

विभागका अनुसार रूपन्देहीस्थित सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिजबाट उत्पादन हुने खानेतेलविरुद्ध एक, सोही जिल्लास्थित दुर्गा मोडर्न आयल मिलविरुद्ध एक, रौनक आधुनिक तेल उद्योगको खानेतेलविरुद्ध एक, सिद्धार्थ आयल इन्डस्ट्रिजविरुद्ध एक र बारास्थित आरती भेजिटेबल प्रोडक्ट उद्योगबाट प्रशोधित सूर्यमुखी खानेतेलविरुद्ध एउटा मुद्दा दायर भएको छ। रूपन्देहीस्थित रौनक आधुनिक तेल उद्योगविरुद्ध गत आवमा पनि मुद्दा परेको थियो।

यस्तै ललितपुरस्थित श्रीराम घिउ प्याकेजिङ उद्योगले उत्पादन गरेको घिउविरुद्ध एक, सुनसरीको दुहवीस्थित स्वस्तिक आयल इन्डस्ट्रिजको वनस्पति घिउविरुद्ध एक, पोखरास्थित सुजल डेरीको घिउविरुद्ध एउटा मुद्दा दायर गरिएको छ।

प्रवक्ता वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर तथा सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने गम्भीर प्रकृतिका समस्या देखिएका छन्। मापदण्डअनुसार तेलमा उपस्थित हुनुपर्ने तत्व पनि निकै कम अवस्था र मापदण्डविपरीत अत्यधिक परिमाणमा भेटिएका छन्। रिफाइन गरिएका तेलमा ०।५ भन्दा कम एसिडको भ्यालु हुनुपर्छ।

यसैगरी पेरोअक्साइडको भ्यालु पनि १० हुनुपर्छ। ‘तर एसिड र पेरोअक्साइडको भ्यालु कुनैमा निकै कम कुनैमा अत्यधिक परिमाणमा भेटियो’, वस्तीले भने, ‘खानै नहुने अवस्थामा तेल भेटिएपछि मुद्दा दायर गरेका छौं।’

विभागका अनुसार प्रशोधित भनिएका दूधतर्फ पनि पाँचवटा मुद्दा दायर गरिएको छ। जसअनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानविरुद्ध एक, मिल्कमान्डु डेरीविरुद्ध एक, नेपाल डेरीविरुद्ध एक, सञ्जिवनी डेरीविरुद्ध एक र काठमाडौंको सुजल डेरीविरुद्ध एउटा मुद्दा दायर भएको छ। प्रशोधित पानीतर्फ ६ र कुखुराको दाना उत्पादन गर्ने उद्योगविरुद्ध दुईवटा मुद्दा दायर भएको छ।

मुद्दा दायर गरिए पनि जुन ब्याचको अयोग्य मानिएको छ, उक्त ब्याचको उत्पादन बजारमा बिक्री हुन नदिन विभागले खासै चासो नदेखाएका कारण आमउपभोक्ता कमसलस्तरको खाद्यपदार्थ, तेलजन्य, पेयजन्य पदार्थ सेवन गर्न बाध्य छन्। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ