अब अध्यादेशलाई थप मुद्दा बनाउदैनौँ 

 kpoli
 
 

काठमाडौँ, १४ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आज जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, “अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दबाबबाट आएको अध्यादेश आफैँ असंवैधानिक छ, राष्ट्रपतिको कदम भने असंवैधानिक होइन ।”

 

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरिरहेको टिप्पणी गर्दै आफूहरुले अध्यादेशलाई थप मुद्दा भने नबनाउने स्पष्ट गरे । ओलीले भने, “हामी गठबन्धनको बहुमतको सरकार बनाउछौँ, देशमा सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रण, सामाजिक सद्भाव कायमका साथ राष्ट्रिय एकता, शान्ति र स्थायित्व ल्याई लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्नेछौँ ।”

फरक प्रसंगमा अध्यक्ष ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले ‘मेकअप’ (कमी पूरा गर्ने) गर्ने धारणा राखे । एमाले नेता ओलीले अब बन्ने नयाँ सरकारले दुवै छिमेकी मुलुक (भारत र चीन) सँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढाउने बताए ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक कार्यसूची पूरा भइसकेकाले अब चाँडो आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले संविधान निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले मुलुकको समृद्धिको चाहनालाई साकार पार्न अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट