अब अध्यादेशलाई थप मुद्दा बनाउदैनौँ 

 kpoli
 
 

काठमाडौँ, १४ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आज जारी भएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, “अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दबाबबाट आएको अध्यादेश आफैँ असंवैधानिक छ, राष्ट्रपतिको कदम भने असंवैधानिक होइन ।”

 

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको नेतृत्व लिने अवस्थामा वर्तमान सरकारले नेतृत्व हस्तान्तरण गर्न आलटाल गरिरहेको टिप्पणी गर्दै आफूहरुले अध्यादेशलाई थप मुद्दा भने नबनाउने स्पष्ट गरे । ओलीले भने, “हामी गठबन्धनको बहुमतको सरकार बनाउछौँ, देशमा सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रण, सामाजिक सद्भाव कायमका साथ राष्ट्रिय एकता, शान्ति र स्थायित्व ल्याई लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्नेछौँ ।”

फरक प्रसंगमा अध्यक्ष ओलीले जनमतबाट सत्ता हस्तान्तरणको संघारमा पुगेको वर्तमान सरकारले गरेको महत्वपूर्ण निर्णय र नियुक्तिलाई आगामी सरकारले ‘मेकअप’ (कमी पूरा गर्ने) गर्ने धारणा राखे । एमाले नेता ओलीले अब बन्ने नयाँ सरकारले दुवै छिमेकी मुलुक (भारत र चीन) सँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढाउने बताए ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक कार्यसूची पूरा भइसकेकाले अब चाँडो आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले संविधान निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले मुलुकको समृद्धिको चाहनालाई साकार पार्न अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका