काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने गरी प्रदेशसभाअन्तर्गतका समानुपातिक सांसदको नामावली टुङ्यो लगाएको हो ।
माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् ।
प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।
प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती) हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।
यी हुन् माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा छानेको सांसद्को नाम
प्रदेश नं.-१
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा
प्रदेश नं.-२
१. जगतप्रसाद यादव
२ . महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नं.-३
१. दिनेश महर्जन
आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गौतम)
प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नं.-७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट