December 29, 2017

यौनदाशी राखेको विषयमा जापानलाई माफि नदिने कोरियाको चेतावनी

सो सम्झौताको विषयमा राष्ट्रपति इनका प्रवक्ताले बिहीबार भने– हुनत सो सम्झौता दक्षिण कोरिया र जापानका नेताहरुले सहमति गरेका हुन् र त्यसैबमोजिम सहमति पनि भएको भनिएको छ, तर पनि यसबाट मात्र उक्त समस्याको समाधान हुन्छ भन्ने कुरामा दक्षिण कोरियाका राष्ट्रपति सहमत हुनुहुन्न ।

दक्षिण कोरियाको राजधानी सोलमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति इनका प्रवक्ता पार्क सु हायनले भने– त्यस समयमा यहाँका पीडित महिलालाई क्षतिपूर्तीस्वरुप पैसादिने भनी गरिएको सहमतिको बारेमा उनलाई सुनाउँदा राष्ट्रपति निकै भावुक बनेका थिए ।सन् २०१५ मा दक्षिण कोरिया र जापानबीच एक गोप्य सहमति भएको जानकारी दक्षिण कोरियाको विदेशमन्त्रालयले बुधबार मात्र सार्वजनिक गरेको थियो ।विदेश मन्त्रालयले यस विषयमा गोप्य सहमति भएको भनी जानकारी गराएको भोलिपल्ट नै दक्षिण कोरियाली राष्ट्रपति इनबाट यो प्रतिक्रिया आएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

सोलका अनुसार सन् २०१५ मा दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाइ र जापानका प्रधानमन्त्री सिन्जो आबेबीचस सो सम्झौता भएको थियो । उक्त सम्झौताको पीडित महिलाले पनि व्यापक विरोध गरेका थिए ।यसरी दाश बन्न बाध्य भएका र अहिले पनि जिवीत रहेका महिलाले दक्षिण कोरियाको सरकारले आफ्नो रगतसँग पैसा साटेको भन्दै मानवीय समवेदनाहिन भएर सम्झौताका लागि अघि बढेको भनी आरोप लगाएका थिए ।दक्षिण कोरियाली पूर्व राष्ट्रपति हाइ हाल निलम्बनमा परेका छन् । उनलाई भ्रष्टाचारको अभियोग लागेको छ । उक्त मुद्दा हाल सर्वोच्च अदातलमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन