गच्छदार धरापमा !  पुनः मतगणनाको माग गर्दै भगवती पुगिन् सर्वाेच्च

 
 
 

काठमाडौँ, ११ पुस । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ मा एमालेका तर्फबाट उम्मेदवारी दिएकी भगवती चौधरीले पुृन: मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा उजुरी दिएकी छन् । मतगणनामा धाँधली गरेर काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारले जितेको आरोप लाग्दै आएको सो क्षेत्रको मतगणना पुनः गर्न माग गर्दै चौधरीे मङ्गलवार सर्वाेच्च पुगेकी हुन् ।

चौधरीले सर्वाेच्चमा दिएको उजुरीमा मतगणनाको क्रममा नौ वटा अर्धकट्टी सहितको मतपत्र भेटिएको र त्यसको सिरियल नम्बर हेर्न खोज्दा निर्वाचन अधिकृतले हेर्न नदिएको बताइएको छ । ती अधकट्टी सहितका मतपत्र रुख चिन्हका रहेकोमा उक्त अर्धकट्टी सहितका मतहरुलाई मान्यता दिई मतगणना गरिएको बताइएको छ ।

यस्तै कतिपय मतपत्र सामान्य आकार भन्दा ठुला भेटिएको, बदर हुनुपर्ने मतपत्रलाई पनि सदर गरिएको तथा सदर हुनुपर्ने सूर्य चिन्हमा छाप लागेका मतपत्र समेत बदर गरिएको उजुरीमा उल्लेख छ ।

सर्वाेच्चमा दायर उजुरीमा भनिएको छ– ‘मतदान केन्द्र नं २६९ को ज्ञानोदय आ.वि. खनार, मतदान केन्द्र नं ३२१ को मजदुर किसान मा.वि मधेली, मतदान केन्द्र नं ३४६ को श्री माध्यमिक विद्यालयत छिटाहा, मतदान केन्द्र नं ३७१ को गोपाल मा.वि तनमुना र मतदान केन्द्र नं ३९६ को महेन्द आधाभूत विद्यायलत सितागन्जको मतपत्रहरुमा स्वस्तिक छाप रुख चिन्ह भएको मतपत्रहरुको फरक (सामान्य आकार भन्दा ठुलो) रहेको मतपत्रहरुलाई समेत मतगणना रहेको बाक्सामा रहेको मतपेटिकामा पाइएकोले सो बारेमा समेत मैले प्रतिरोध गर्दा यसबारेमा पनि कुनै कुरा नगरी यस्तो फरक स्वस्तिक छाप भएका रुख छापमा आएको स्वस्तिक छापलाई समेत सदर गर्ने काम भयो ।’

चुनावमा जित्नको लागि आफूलाई ३२२ मत आवश्यक भए पनि सूर्य चिन्हमा स्पष्ट बदर नहुने अवस्थामा रहेका ९०० मत बदर गरिएको चौधरीको दाबी छ ।

चौधरीले उजुरी पत्रको अन्तिम किनारा नलाग्दासम्म विजय कुमार गच्छदारलाई प्रतिनिधि सभाको सदस्यका शपथ ग्रहण नगराउनु, सङ्घीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु, निर्वाचनसँग सम्बन्धी सम्पूर्ण मतपत्र लगाएको कागजातहरू ससुरक्षित राख्नु भन्ने विपक्षी प्रत्यार्थीहरुका नाममा अन्तरिम आदेश जारी गरी पाउन माग गरेकी छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका