भ्रष्टाचारको अभियोगमा बिन तलालसँग ६ खर्ब धरौटी माग

९ पुस : भ्रष्टाचारको अभियोगमा जेल पुगेका साउदी राजकुमार अलवालेद बिन तलालसँग साउदी अरबका अधिकारीहरुले ६ अर्ब डलरभन्दा बढी धरौटी मागेका छन् । झण्डै ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी मागिएको साउदीमा यो पहिलो घटना हो ।

यसअघि नोभेम्बरमा पक्राउ परेका केही साउदी राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर रिहा भइसकेका छन् । तलाल भने अहिलेसम्म जेलमै छन् । ६२ वर्षीय तलाल विश्वकै धनीको सूचिमा छन् । एक जर्नलले सार्वजनिक गरेको अर्बपतिको सूचिमा उनी ५७औं नम्बरमा छन् । उनीसँग १८ बिलियन सम्पत्ति रहेको अनुमान गरिएको छ ।

यदि उनले धरौटी बुझाउन पर्‍यो भने ९ बिलियन डलर बराबर मूल्य रहेको उनको होल्डिङ कम्पनीको ठूलो हिस्सा सुम्पनुपर्ने हुनसक्छ । जेलबाट छुट्नका लागि वालेदले एउटा सम्झौता गर्ने प्रयास गरिरहेको केही सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

साउदीमा भ्रष्टाचारको आरोपमा विशिष्ट व्यक्तिहरु अहिले पनि जेलमा छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त