December 24, 2017

भैँसी चराएर हुर्किएको हुँ: केपी ओली

 २०७४ पौष ९, आइतबार ,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू गाई भैँसी चराएर हुर्किएको व्यक्ति भएकाले कहिले पनि दम्भ नदेखाउने बताएका छन् । नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मदिनको अवसर पारेर बाडेगाउँमा गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“म गाई भैँसी चराएर हुर्किएको व्यक्ति हुँ । म मा शासकीय स्वभाव केही पनि छैन । शासक हुने होइन, सेवक हुने हो । मलाई कतै दम्भ देखाउन छैन । हलो जोतेको मान्छेको छोरो हुँ र हलो जोतेकै मान्छे हुँ । मैले के को दम्भ देखाउनु नि ? मेरो ध्यान अब विकासमा हुन्छ ।”

उनले सत्तापक्ष र प्रतिपक्षसँग आपसमा दम्भ देखाउनु आवश्यक नरहेको बताए ।

“गाई भैँसी चराएर हुर्किएको हुँ । म कोदालो खनेको मान्छे हुँ । मसँग केको दम्भ हुन्छ र ?,” उनले भने, “आफ्नो बारीको साग आफैं टिपेर खाने मान्छे हुँ ।”

उनले आफुले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । “राजनीतिमा यस्तो त भैहाल्छ भनेर पनि भन्दिनँ । मेरो परिभाषामा बेइमानी हुँदैन,” ओलीले भने ।

उनले किसुनजीसँग आफ्नो कुनै पनि हिसावमा तुलना हुनै नसक्ने धारणा राखे । “मेरो उहाँसँग कुनै रुपमा तुलना हुनै सक्दैन,” उनले भने, “राणा शासनबाट नयाँ युगमा प्रवेश गराउने उहाँहरु नै हो । मैले उहाँसँग संसद्मा सँगै बस्ने मौका पाएँ । साह्रै खुला व्यक्ति हुनुहुन्थ्यो ।”

उनले चुनावको परिणामप्रति संकेत गर्दै भने, “खेलको रिङभन्दा बाहिर आएपछि पनि किन हानिस् भन्न पाइँदैन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि