पुस ८ : दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको छ।
आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको अधिकारीहरुले बताएका छन्। टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ।
टुबोड र पिआगापो शहर सबभन्दा बढी प्रभावित भएका छन्। सयौं घरहरु ढुंगाले पुरिएका बिबिसीले जनाएको छ।
‘पुरिएका ठाउँबारेको यकिन अवस्था हामीले अझै बुझिसकेका छैनौं। यसबारे निश्चित गर्न हामी काम गरिरहेका छौं,’ टुबोडका अधिकारी र्यान काबुसको भनाइ उद्धृत गर्दै ‘दी गार्डियन’ अखबारले लेखेको छ।
आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन्। घटनास्थलमा उद्धारकर्मी खटिएका छन्। उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ ।
टेम्बिन आँधी पश्चिमतर्फ अघि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको थियो। आँधी अहिले मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ।
फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने भए पनि मिन्डनाओ क्षेत्र खासै प्रभावित हुनेमा नपर्ने गरेको पनि अधिकारीहरुले बताएका छन्। यसपटकको आँधीमा भने यहाँ ठूलो क्षति भएको हो।
विभिन्न ठाउँमा गरी करिब १०० जनाभन्दा बढीको ज्यान गइसकेको त्यहाँका प्रहरीले जनाएका छन्। नदीमा पानीको वहाव बढेपछि सिंगै गाउँ बगाएको छ।
एक हप्ताअघि मात्रै काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो। एजेन्सी
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त