December 23, 2017

आज रियल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको भिडन्त

एजेन्सी । स्पेनिस दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाबीचको खेल विश्व फुटबलमा सधै चर्चामा रहने गर्छ । एल क्लासिको नाममा चर्चित रियल र बार्सिलोनाको खेल हेर्न करोडौ फुटबल समर्थकहरुका लागि पर्व जस्तै हुने गर्छ ।

युरोपियन फुटबल लिग अथवा स्पेनिस ला लिगाको नयाँ सिजन सुरु हुन् साथ एल क्लासिको भिडन्तबारे चर्चा सुरु हुन्छ । सिजनको नयाँ खेल तालिका सार्वजनिक हुन् नपाउदै फुटबल प्रेमीको आँखामा दुई ठुला प्रतिद्वन्द्वी रियल र बार्सिलोनाबिचको खेल मितिमा ध्यान तानिने गर्छ ।

यस्तोमा, स्पेनिस ला लिगाको यो सिजनको पहिलो एल क्लासिको भिडन्त शनिबार बेलुका हुँदैछ । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने सिजनको पहिलो एल क्लासिको भिडन्त नेपाली समयअनुसार बेलुका ५ : ४५ बजे सुरु हुनेछ ।

शनिबार हुने एल क्लासिको भिडन्त २३७ औं संस्करणको हो । एल क्लासिकोको इतिहास हेर्ने हो भने रियल मड्रिडभन्दा बार्सिलोना पछि रहेको छ । हालसम्म भएका २३६ औं एल क्लासिको भिडन्तमा रियल मड्रिडले ९५ खेलमा जितेको छ । यस्तै बार्सिलोनाले ९२ खेलमा जित निकालेको छ । एल क्लासिको ४९ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो समय एल क्लासिको भिडन्तलाई फुटबलका दुई स्टार क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त समेत भन्ने गरिन्छ । विश्व फुटबलमा पछिल्लो समय राज गरिरहेका रोनाल्डो रियल मड्रिड र मेस्सी बार्सिलोनाबाट खेल्ने गर्छन । त्यसैले पनि एल क्लासिको भिडन्तअघि समान पाँच (  पाँच पटकको बालोन डी ओर बिजेता रोनाल्डो र मेस्सीको चर्चा हुने गर्छ ।

एल क्लासिको भिडन्तमा रोनाल्डो भन्दा मेस्सी अघि रहेका छन् ।  एल क्लासिकोमा अर्जे्न्टिनाका फरवार्ड समेत रहेका मेस्सीको नाममा किर्तिमान छ । एल क्लासिको भिडन्तमा २४ गोल गरेका मेस्सी एल क्लासिकोको इतिहासका सर्वा्धिक गोलकर्ता समेत हुन् । मेस्सीले ३६ खेलमा २४ गोल गरेका हुन् । बार्सिलोनाबाट निरन्तर खेलिरहेका मेस्सीले ३६  एल क्लासिको खेलमा  १६ खेलमा जित निकालेका छन् ।

यता, सन् २००९ मा स्पेनिस महारथी रियल मड्रिड आएका रोनाल्डोले २८ एल क्लासिको खेल खेलिसकेका छन् । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मुल्यमा रियल आएका रोनाल्डोले एल क्लासिको भिडन्तमा १७ गोल गरेका छन् । तर, रोनाल्डोले खेलेका अधिकांस एल क्लासिको भिडन्तमा रियल मड्रिड पराजित भएको इतिहास छ । यस्तै रोनाल्डोले खेलेका २८ खेलमा ८ खेल जितेका छन् भने १३ खेलमा हार बेहोरेका छन् ।

सिजनको पहिलो एल क्लासिको भिडन्त सुरुअघि नै समर्थक तथा फुटबल पण्डितहरुले नतिजाबारे अड्कलबाजी गर्न थालिसकेका छन् । यस्तै विश्व फुटबलका पण्डितहरुले यो एल क्लासिकोलाई ला लिगाको उपाधि समीकरणको रुपमा समेत लिन थालेका छन् ।

सिजनको पहिलो एल क्लासिको भिडन्त रियल र बार्सिलोनाका लागि निकै महत्वपूर्ण रहेको छ । यो भिडन्तअघि ला लिगामा बार्सिलोना ६ अंकको अग्रता बनाएर शिर्ष स्थानमा छ । यता, साबिकको विजेता रियल चौथो स्थानमा छ । लिगमा बार्सिलोनाले ४२ अंक जोडेको छ भने रियलले ३१ अंक जोडेको छ ।

एल क्लासिको अघि नै च्याम्पियन्स लिग बिजेता रियल बार्सिलोनाभन्दा ११ अंकले पछि छ । बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडमाथि भने ६ अंकको अग्रता बनाएको छ । यस्तोमा रियललाई उपाधि होड कायम राख्न एल क्लासिको जित्नै पर्ने दबाबमा रहेको छ ।  पहिलो एल क्लासिको जितेमा बार्सिलोनालाई सिजनको उपाधि जित्न कठिनाई हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि