आठ हजार विद्यार्थी  त्रिविबाट दीक्षित  हुने !

 

 पौष ६,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने छ।

उक्त अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने आठ जनालाई विभिन्न पदक पनि प्रदान गरिने भएको छ । समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित हुने त्रिविका परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए।

उनका अनुसार ६२ जना विद्यावारिधि प्राप्त छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिन्छ । दीक्षित हुने विद्यार्थीलाई यही पुस ९ देखि गाउन र स्कार्फ वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी